काठामडौँ । चर्चित हाँस्य कलाकार मनोज गजुरेल र मिना ढकाल बीचको दुई दशक लामो सहयात्रालाई समझदारीमा टुंग्याए पछी मिना ढकाल भने खुलेआम गजुरेलको भण्डाफोर गर्न तल्लिन देखिन छिन । उनीहरुको डिभोर्स हुँदा आफ्ना दुई सन्तानका लागि एकअर्का प्रति आरोप प्रतिआरोप नलगाउने सहमति भएको बताएका थिए । तर उनीहरुको सम्बन्ध बिच्छेद पछी आफ्ना दुइ सन्तानका लागि कलाकार मनोज गजुरेल जति गम्भीर देखिन्छन त्यति गम्भीरता मिना ढकालसंग देखिदैन ।
बरु डिभोर्स पछी पुर्वलोग्ने मनोज गजुरेललाइ विभिन्न मिडियाहरुबाट खुइल्याउने हर्कतमा मिना ढकाल मरिमेटी जुटेकी छिन, भने मीनाको फलोगर्दै मिडियाहरु पनि एकपछि अर्को भिडियो अन्तरवार्ता छताछुल्ल पारिरहेका छन् । पुर्व पत्नी मिनाले आफुलाई बिरोधका निशाना तेर्स्याउन थालेपछी मनोज गजुरेलले भाबुक स्टाटस आफ्नो फेसबुकमा राखेका थिए । मनोज गजुरेलले भनेका थिए ‘हामी दुबै गलत होइनौं तर फरक रहेछौं । त्यसै कारणले होला, दुई दशकभन्दा लामो सम्वन्ध जोगिएन’ । मिना ढकाल प्रति कहिँ कतै नेगेटिभ बुझाइ र बिरोध हुने गरि बिरोध गरेका छैनन्, बरु नयाँ ब्यबसायका लागि शुभकामना दिएका छन् । (ओएस नेपाल)