कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा विजयी भएका छन् । देउवाले ४४ र उनका प्रतिस्पर्धी प्रकाशमान सिंहले १९ मत पाएका छन् । देउवा दुई तिहाइभन्दा मत ल्याई विजयी भएका हुन् ।
सोमबार बिहान भएको मतदानमा कांग्रेसका ६३ सांसदले मतदान गरेका थिए । निर्वाचन हुनुअघि नै देउवा विजयी हुने निश्चित जस्तै थियो । तर, रामचन्द्र पौडेल पक्षले निर्वाचनमै जाने अडान लिएपछि निर्वाचनमार्फत नेता चयन भएको हो ।
देउवालाई कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षका तीन सांसदमध्ये भीमसेनदास प्रधान र उमकान्त चौधरी, पौडेल पक्षकै डा.मिनेन्द्र रिजाल र देवप्रसाद तिमल्सिनाले मत हालेको बताइन्छ । जसले गर्दा देउवाले ४४ मत पाएका हुन् । यसअघि उनको पक्षमा ४० सांसद रहेको बताइँदै आएको थियो ।