अनेरास्ववियु पुनर्गठन हुँदै, नेतृत्वमा नयाँ सन्देश दिन ओलीको चाहना



काठमाण्डौं । अनेरास्ववियुका केन्द्रिय अध्यक्ष नविना लामा सांसद भए पछि अहिले अखिल पुनर्गठनको मुद्वाले प्रवेश पाएको छ ।

अनेरास्ववियु स्थायी कमिटीको औपचारिक वैठकमा अध्यक्ष नविना लामाले विदा लिने घोषणा गरेकी छिन् ।

अखिलको ईतिहास हेर्ने हो भने पनि २०५१ सालमा तत्कालीन अध्यक्ष रामनाथ ढकाल सांसद भएपछि अखिलबाट राजीनामा दिएका थिए र योगेश भट्टराई अध्यक्ष बनेका थिए ।

अहिले पनि अखिल पुनर्गठनको मुद्दामा केन्द्रित भएको छ । पार्टी ईन्चार्ज रविन्द्र अधिकारी पनि यसको गृहकार्यमा लागेका छन् ।

माधव नेपाल, झलनाथ खनाल समुहबाट सुदेश पराजुली अध्यक्षमा एकमात्र दावेदार रहेका छन् । त्यस्तै पार्टी अध्यक्ष केपी शर्मा ओली समुहबाट रश्मि आचार्य , महेश बर्तौला, ऐन महर, शैलेष लामा, सुनिता बराल को दावेदार रहेका छन् । ओली समुहमा अध्यक्ष को बन्ने भन्नेमा चरम विवाद देखिएको छ ।

अखिल मिलाउने हो भने पार्टींमा नयाँ सन्देश र आम विध्यार्थीमा विध्यार्थी आन्दोलनलाई नयाँ गतिका साथ अगाडि वढाउनु आवस्यक रहेको छ । यसका लागि संगठनको अध्यक्ष सुदेश पराजुली बन्नुपर्ने नेताहरुले बताउँदै आएका छन् । पुर्व अनेरास्ववियुका अध्यक्षहरु, वर्तमान विध्यार्थी नेताहरु पराजुलीलाई अध्यक्ष वनाउन लागेका छन् । साथै पार्टीका प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले पनि अनेरास्ववियुमा नयाँ सन्देश दिन आवश्यक ठानेका छन् ।

ओलीले पराजुलीलाई अध्यक्ष बनाएमा उनले गुट भन्दा माथिको निर्णय गर्न सक्ने धेरैको विश्वास रहेको छ । त्यस्तै ओलीले पनि यो कुरा बाट सुनौलो मौकाको सन्देश दिन पनि चाहेका छन् ।

अखिल पुनर्गठन निर्णयमा निष्पक्षता कायम गर्न पराजुलीको नेतृत्व आवस्यक रहेको नेताहरुले बताएका छन् ।

पराजुलीको नेतृत्वमा अनेरास्ववियु आएको अवस्थामा गुटगत द्धन्दको अन्त्य हुने समेत विश्वास पार्टीका नेताहरुले लिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्