श्रीदेवीको सौतेनी छोरी अंशुला कपुरको श्रीदेवीसँग कहिल्यै राम्रो सम्बन्ध भएन । अंशुला मात्र होइन उनका दाजु अर्जुन कपुर पनि श्रीदेवीलाई कहिल्र्य आमा मान्दैनथे । तर, अचानक श्रीदेवीको मृत्यु भएपछि अर्जुन कपुर र उनकी बहिनी अंशुला जसरी पिता बोनी बपुरको साथमा मजबुत भएर रहे उसैगरी सोतेनी बहिनीहरु जाह्नवी र खुसीको साथमा पनि उभिएका छन् ।
हालै इन्स्टाग्राममा श्रीदेवीका छोरीहरु जाह्नवी र खुसीका बारेमा इन्स्टाग्राममा निकै भद्दा कमेन्टहरु गरिएका थिए । अंशुलाले ती सबैको प्रतिकार गरेकी छिन् । अंशुलाले हालै हरेक स्थितिको सामना गर्ने भन्दै लेखेको पोष्टमा भद्दा कमेन्ट आएपछि उनले एक एक गर्दै ती सबै कमेन्ट डिलिट गरिदिइन् ।लगत्तै उनले इस्टाग्राममा पोष्ट गरिन् ‘तपाइहरुलायृ अनुरोध मेरी बहिनीहरुको बारेमा गलत भाषाको प्रयोग नगर्नुस् । मैले यो सहन सक्दिन र यही कारण सबै कमेन्ट हटाइदिएकी छु । मेरा दाजु अर्जुनप्रति मायाको लागि धन्यवाद ।’