पाचँ तारे होटेलबाट बाथटब हटाईने : यस्तो छ कारण



बिभिन्न देशको पाचँ तारे होटेलबाट छिट्टै नै बाथटब हटाईने भएको छ । अब मात्र शावर बाथको सुविधा हुनेछ । अहिलेसम्म बाथटब पाचँ तारे होटलमा अनिवार्य सुविधा रहेको छ । ग्लोबल ट्रेन्डलाई हेर्दै विभिन्न देशले यो परिवर्तन गर्न लागेको छ । बाथटब हटाउनाले जल संरक्षण पनि हुनेछ । अनुमा गरिएअनुसार बाथटबमा एक व्यक्तिको स्नानले करीब ३७० लीटर पानीको नोक्सान हुने गर्दछ । साथै शावर बाथबाट भने ७० लीटरले काम चल्ने गर्दछ ।

होटल कारोबारसँग जोडिएका व्यक्तिहरुको अनुसार बाथ टब हटाउनाले बाथरूममा निकै ठाउँ रहन्छ । यसबाट बाथरूमलाई अझै आधुनिक बनाउन सकिनेछ । बाथटब हटाउँदा धेरै ठाउँ पनि बच्ने, पानीको पनि संरक्षण हुने भएकोले अब विभिन्न देशका पाचँतारे होटेलमा बाथटब हटाईने योजना बनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्