स्वदेश फर्किए पाकिस्तानी प्रधानमन्त्री अब्बासी, विदाइ गर्न गए अर्थमन्त्री खतिवडा



काठमाडौ पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासी दुई दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

त्यसअघि उनले अब्बासी राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका उनले आजै विहान माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुसँग भेट गरेका थिए ।सोमबार अपराहृन काठमाडौं आएका उनलाई टुँडिखेलमा गार्ड अफ अनर दिइएको थियो ।

हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानी समकक्षी अब्बासीबीच एक घण्टा भेट वार्ता भएको थियो ।अब्बासीलार्इ विदाइ गर्न अर्थमन्त्री युवराज खतिवडा त्रिभुवन विमानस्थलसम्म पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्