२२ फागुन २०७४, छत्रदेव
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा न ७ मा रहेको जनकल्याण माध्यमिक बिद्यालय भगवतीमा बिदाई कार्यक्रम सम्पन्न भएको छ। सोही बिद्यालयका कक्षा १० मा अध्धायन गर्ने बिद्यार्थीलाई कक्षा ९ मा पढ्ने बिद्यार्थीले आज एक कार्यक्रमको आयोजना गरि विदाई गरेका हुन्।कक्षा ९ कि बिद्यार्थी सुस्मिता आचार्यको सभापतित्वबाट सुरु भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक कविराम अधिकारीको प्रमुख अतिथ्यता,बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद पाण्डेको विशिष्ट आतिथ्यता तथा बिद्यालयका शिक्षक तथा बिदाई हुने बिद्यार्थीको आतिथ्यता रहेको थियो कार्यक्रममा बिद्यार्थीहरु फर्सुराम पाण्डे,तस्मिता पाण्डे तथा शिक्षक शिक्षिकाहरु शुसन साह,खुमकला मुखिया,बिष्नुप्रसाद पाण्डे तथा प्रमुख अतिथि कविराम अधिकारीले मन्तव्य राख्नुभएको थियो।कार्यक्रममा बोल्ने बिद्यार्थीहरुले आफुहरु बिद्यालयमा रहदा गरेका गल्ती कमजोरीलाई सबैले स्विकार गरि आफुहरुलाई खुसियालीका साथ बिदाई गर्न आग्रह गरेका थिए ।साथै शिक्षक शिक्षिकाले बिद्यालय भनेको एउटा परिवार भएको र बिद्यार्थी परिवारका सदस्य रहेको र परिवारमा सानोतिनो गल्ती हुने र त्यस्तो गल्तीलाई आफुहरुले सहर्ष स्विकार गर्ने कुरामा जोड दिनुभएको थियो साथै उहाहरुले चैत ८ गतेदेखि सञ्चालन हुने SEE परीक्षामा उत्कृष्ट नतिजाका साथ सफल हुन आग्रह तथा शुभकामना समेत दिनुभएको थियो।कार्यक्रममा अनुका श्रेष्ठको स्वागत मन्तव्य तथा दुर्गा पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।