तपाईं नमस्कार कस्ता ब्यक्तिलाई गर्नुहुन्छ ? पक्कै पनि मनले आदर गर्ने ब्यक्ती समक्ष आफसे आफ हात जोडीन्छ वा आदरार्थी नमस्कार फुत्किन्छ । सामान्यतया आफूभन्दा ठूलाको मान र सम्मानको लागि हिन्दु परम्परा अनुसार नमस्कार गर्ने चलन चल्दै आएको छ । हाम्रो समाजमा नमस्कार नगर्ने व्यक्तिलाई घमण्डीको संज्ञा दिइन्छ । तर समाजमा कोहि यस्ता व्यक्ति पनि हुन्छन् जसलाई नमस्कार गर्नुभन्दा नगर्नुमा फाइदा हुन्छ ।
ती व्यक्ति जसलाई कहिल्यै नमस्कार नगर्नुस्:
मुर्ख मानिस
आचरण र व्यवहारका विषयमा कुनै ज्ञान नभएको व्यक्तिलाई नमस्कार गर्दा उसले दिन सक्ने प्रतिक्रियाले झन् आफैलाई नराम्रो असर गर्न सक्छ । उसले गर्न सक्ने व्यवहार आफूप्रति नराम्रो भएको खण्डमा नमस्कार गर्ने व्यक्तिको भावनामा चोट पुग्न सक्छ ।
महिनाबारी भएकी महिला
महिनाबारी भएको महिलालाई नमस्कार नगरदा नि हुन्छ । किनकी हिन्दू धर्मालम्बि हरु महिनाबारी भएको बेला नमस्कार वा कुनै पनि सस्कारमा पर्ने धेरै कुरा नगरेर अलग्ग रहने गर्दछन् । यदी तपाईंले नमस्कार गर्दा पनि उनिहरुले फर्काउने छैनन् ।
जुठो परेको व्यक्ति
यदी कोही व्यक्ति मृत्यु संस्कार या अन्य कुनै कारणले अपवित्र भएको छ भने त्यस्ता व्यक्तिलाई नमस्कार गर्नु फाइदाजनक हुँदैन । उक्त व्यक्तिको मनोदशा ठिक स्थितिमा नरहने भएकाले नमस्कार गर्नुले राम्रो गर्दैन ।
दौडिरहेको व्यक्ति
दौडिरहेको व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिन्न । दौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उक्त व्यक्तिको दौडिरहँदाको ध्यान तोडिन सक्छ भने उनले नियन्त्रण गुमाएर लड्न सक्छ जसका कारण उसले चोट पटकको सामना गर्नुपर्ने हुन्छ । यस्तै, दौडिँदा उसले तपाईले गरेको नमस्कार नदेख्न सक्छ र तपाईले गरेको नमस्कार खेर जाने तथा मन खिन्न पनि हुन सक्छ ।
धनको अंहकार गर्ने व्यक्ति
यस्तो व्यक्ति जसलाई आफ्नो धनको अहंकार छ उसलाइ नमस्कार गर्दा पनि आफू लज्जित तथा अपमानित हुनु पर्ने हुन सक्छ त्यसैले त्यस्ता व्यक्तिलाइ नमस्कार नगर्दा राम्रो हुन्छ ।
पानीमा रहेको व्यक्ति
पानीमा पौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उसको ध्यान तोडिन सक्छ र उसले नियन्त्रण गुमाउँदा उसको ज्यान जोखीममा पर्न सक्छ । त्यसैले यस्ता व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिदैन ।