इन्द्रबहादुर राई जसले नेपाली भाषालाई भारतको संविधानमा राख्न उल्लेख्य भूमिका खेले



काठमाडौं, २३ फागुन । साहित्यकार इन्द्रबहादुर राईको ९० वर्षको उमेरमा मंगलबार राति मृत्यु भएको छ । राई नेपाली साहित्यमा आयामेली तथा लीला लेखनका प्रणेता हुन् ।नेपाली साहित्यलाई उत्तरआधुनिकपन दिने राई सर्जक र समीक्षकका रूपमा आफैं एउटा इतिहास बनेका छन् । उनले नेपाली साहित्यको मात्र श्रीवृद्धि गरेका छैनन्, नेपाली भाषालाई भारतको संविधानको आठौं अनुसूचीमा राख्न महत्वपूर्ण भूमिका निभाएका थिए ।

राईका राईका आज रमिता छ (उपन्यास), विपना कतिपय (कथासंग्रह), कठपुतलीको मन (कथा संग्रह), कथास्था (कथा संग्रह), सेतो ख्याकको बनोट र बुनोट (समालोचना), टिपेका टिप्पणीहरू (समालोचना संग्रह), नेपाली उपन्यासका आधारहरू (समालोचना संग्रह), सन्दर्भमा ईश्वर बल्लभका कविता (समालोचना), साहित्यको अपहरण माक्र्सवादी प्रतिबद्धता (समालोचना), दार्जिलिङमा नेपाली नाटकको अर्धशताब्दी, पहाड र खोला (निबन्ध संग्रह), अर्थहरूको पछिल्तिर (समालोचना), पृष्ठ पृष्ठ (समालोचना), लेखहरू र झ्याल (निबन्ध संग्रह), लीला प्रस्तावना (समालोचना) जस्ता कृतिहरू प्रकाशित छन् । (मीडिया एनपी)

प्रतिक्रिया दिनुहोस्