तिनपाटनमा सिड्स नेपालको तालिम संचालन



२०७४ फागुन २३

महिला, युवा र सामुदायिक विकासमा लामो समयदेखि क्रियाशील सामाजिक सँस्था सिड्स नेपालले २०७४ फागुन २२ गते तीनपाटन गाउँपालिकामा “महिला र युवाको राजनीतिक प्रवर्द्धनको लागि स्थानीय व्यबस्थापन” नामक दुई दिने तालिम शुरु गरेको छ ।

कार्यक्रममा गाउँ पालिका प्रमुख कर्ण बहादुर थापा, पदममाया तामाङ र गाउँपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान र सबै वडा अध्यक्षहरु सहभागिता रहेको थियो ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले यस्ता कार्यक्रमले जनप्रतिनिधीहरुलाई  ऐन, कानुनहरु निर्माण गरी  विकासका कामहरु सकृयताका साथ गर्न उत्प्रेरित गर्ने बताए । उपाध्यक्ष तामाङले कार्यक्रमलाई पार्टीगत नमानिकन तालिमबाट सिकेका ज्ञान, सीप स्थानीय विकासको लागि प्रयोग गर्नुपर्ने बताईन प्रशासकीकिय अधिकृत प्रधानले जनप्रतिनिधिहरुले जनता माझ कसरी प्रस्तुत हुन सकिन्छ भन्ने कुरा यो तालिमले सिकाउने विश्वास ब्यक्त गरे ।

तालिमको प्रशिक्षण खुशिराज बास्तोला र बिमला लामिछानेले गरेका थिए भने संचालन सस्थाका अध्यक्ष उज्वल ढकालले गरे । कार्यक्रममा  सिड्स नेपालका सहजकर्ता भक्त तामाङको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्