२१ गते सोमबार निर्माता रौनक बिक्रम कँडेलको जन्मदिनको पार्टी थियो। रातको करिब १० बजे निर्माता कँडेलको निवासमा जन्मदिनको केक काट्ने तयारी हुँदै थियो।
जन्मदिनको उत्सवमा नायक दयाहाङ राई , निर्देशक निश्चल बस्नेत र नायिका वर्षा राउत लगायत केकको ओरिपरी उभिएका थिए। त्यसपछि निर्माता मणिराज गौतमले जन्मदिनको शुभकामना दिन सुरु गरे र अरुले ब्यालुन फोड्न थाले। बेलुन फुटेपछि त्यसमा भएका झिलझिले केकमा परे र निर्माता कँडेलले ती हटाउन चक्कु उठाए। ठिक त्यही बेला चक्कु नजिकै रहेकी नायिका वर्षा राउतको दाहिने नाडीमा पर्यो। वर्षा रुँदै छेउ लागिन्।
निर्देशक सुरेन्द्र पौडेलले वर्षालाई थमथम्याउन कोसिस गरे तर वर्षाको हातबाट रगत र आँखाबाट आँशु दुवै रोकिएन। त्यसपछि, निर्माता कँडेलले वर्षालाई महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्याए र उपचार गराए।