हाँस्यटेलिश्रृंखला ‘भद्रगोल’ युट्युब ट्रेन्डिङ नम्वर १ मा



चर्चित हास्य हाँस्यटेलिश्रृंखला ‘भद्रगोल’ युट्युबमा ट्रेन्डिङ नम्वर वानमा आएको छ। पछिल्लो केहि साताअघि आर्थिक समस्या र टिम बीच भएको असमझदारीको कारण बन्द भएको यो टेलिश्रृंखला अहिले प्रशारण भैरहेको छ । हरेक हप्ताको शुक्रबार नेपाल टेलिभिजनबाट प्रशारण हुने यो टेलिश्रृंखलालाई दर्शकहरुले निकै नै मन पराएका छन् ।

समाचार तयार पार्दासम्म भद्रगोलको यो १६१ औ एपीसोडलाई ९ लाख भन्दा बढीले हेरेका छन्। गत शुक्रबार प्रशारण नेपाल टेलिभिजनबाट प्रशारण भएको यो एपिसोडमा होलिमा हुने रमाइलो घटनालाई प्रस्तुत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्