मेरा छोरा (कृष्णप्रसाद अधिकारी) को अपहरणपछि हत्या भएको ११ वर्ष पूरा भएर १२ लाग्यो । अपराधीले १६ वर्षे छोरालाई गोरखाको फुजेलबाट अपहरण गरेपछि ०६१ साल जेठ २४ गते चितवनमा हत्या गरेका थिए ।
त्यसपछि अपराधीलाई कारबाही गर भन्दै न्याय मागेको १२ वर्ष भयो । उहिले ‘न्याय नपाए गोरखा जानु’ भन्थे, तर गोरखाकै मेरो परिवारले न्याय पाएन । छोराको हत्यारालाई कारबाही गर भनेर न्याय माग्दा मेरो श्रीमान् (नन्दप्रसाद) लाई सरकारले मार्यो । न्याय पाउँछु कि भनेर यतिका वर्ष बिताएँ, आफ्नो ज्यानै माया मारेर लडें । तर, न्यायालयबाटै न्याय नपाइने रहेछ । मेरो छोराको मुद्दामा लड्नेहरू दस पटकसम्म न्यायालय पुग्दा सुनुवाइ भएन भन्दै फर्किए ।
गंगामायाको रवि लामिछानेलाई भेट्ने इच्छा शिर्षकमा विभिन्न मिडियाहरुमा समाचार प्रकाशित भएको २४ घण्टा नबित्दै रवि लामिछाने उनलाई भेट्न पुगेका थिए ।
थप भिडियोमा :