एजेन्सी । हरेक मुलुकमा रहेका विभिन्न जाति र धर्मावलम्वी तथा सम्प्रदायहरुमा आ–आफ्नै परम्परा एवं मुल्यमान्यताहरु रहि आएका हुन्छन् ।अन्य मुलुकमा जस्तै जापानमा पनी विभिन्न प्रकार सम्प्रदायहरु छन्,जो फरक–फरक मुल्यमान्यता र आस्थाहरु अंगीकार गरी छुट्टै पहिचानका साथ रहेका छन् ।
जापानका विभिन्न सम्प्रदाय मध्ये, उल्लेख गर्न लायक एक हो सिन्तो धर्मावलम्वीहरु । जुन सम्प्रदायका आश्थाहरु अन्य भन्दा निकै पृथक र विशिष्ट लाग्दछ ।तिनै मध्ये एउटा,जाडो महिनामा चिसो पानी शरीरमा खनाएर शरीर शुद्द बनाउने पर्व । शिन्तो धर्मावलम्वीहरु,जाडो महिनामा यसो गरेरमा शरीर तथा आत्म शुद्दी हुन्छ भन्ने मान्यता राख्दछन् ।
हरेक वर्ष टोकियोको चियोदामा रहेको कान्दा शिरिन (शिन्तो,मन्दिर) मा सयौँ मानिसहरुले आफ्नो शरीरमा चिसो पानी खनाएर शुद्दी हुने गर्दछन् ।यो पर्व हरेक वर्ष जनवरी १३ तारिखका दिन मनाईने गरिन्छ । र यसलाई “कान्दा म्योजिन” भन्ने गरिन्छ । कान्दा म्योजिन १६ औँ शताब्दीदेखी चल्दै आएको मानिन्छ ।