गर्भवतीले भुलेर पनि खानै नहुने ६ कुरा



अल्कोहल :
अल्कोहलले पनि भर्खर विकास हुँदैं गरेका शिशुको दिमागलगायतका अंगलाई क्षति पु¥याउँछन् । यसले गर्दा पछि बच्चा मानसिक रुपमा अपांग भएर जन्मने सम्भावना हुन्छ ।

मर्क्युरी :
यो शिशुको स्नायु प्रणाली विकासका लागि खतरनाक मानिन्छ । मर्क्युरी बढी पाइने माछाहरु स्वर्डफिस, सार्क, टाइलफिस सेवन गर्नुहुन्न । टुना, साल्मन, क्याटफिस, पोलोक माछामा भने कम मक्र्युरी हुन्छन् ।

काँचो माछा :
माछा कम्तीमा पनि १४५ डिग्रीको तापक्रममा पकाएको हुनुपर्छ । राम्ररी नपकाएका मासु र कुखुरा पनि खानुहुन्न ।

क्याफिन:
गर्भवती महिलाले दैनिक २ सय मिलिग्रामभन्दा बढी क्याफिन खानुहुन्न । एक कप कफीमा ९५ एमजि क्याफिन हुन्छ भने एक कप चियामा ४७ एमजि क्याफिनको मात्रा हुन्छ ।

नपखालिएका तरकारी :
राम्ररी नपखालिएका तरकारीमा टोक्सोप्लाज्मा नामक परजीवी हुन्छन् । यसका कारण टोक्सोप्लाज्मोसिस हुने भएकाले यो शिशुका लागि हानिकारक हुन्छ । त्यसैले तरकारीलाई साबुनपानीले होइन, ब्रसले पानीमा पखाल्नुपर्छ । यस्तै, ब्याक्टेरिया हुन सक्ने भएकाले तरकारीको फेद र टुप्पो पनि काट्नुपर्छ ।

पास्चराइज नगरिएको दूध :
पास्चराइज नगरिएको दूध सेवन शिशुका लागि हानिकारक हुन सक्छ । त्यसैले पास्चराइज गरिएको दूधमात्र पिउनुस् ।

प्रतिक्रिया दिनुहोस्