चैतबाट ‘नेपाल आईडल २’को अडिसन सुरु



अन्तरास्ट्रिय फ्रेन्चाईज टेलिभिजन रियालिटी शो ‘नेपाल आईडल’ पहिलो सिजनको सफलतापछि यसको दोश्रो सिजन पनि हुने भएको छ । केही समय अघि दोश्रो सिजन घोषणा गरेको एपिवान टेलिभिजनले भर्खरै अडिसन मिति र स्थान पनि सार्वजनिक गरेको छ ।

देशका कुना कुनामा बसेर आफ्नो गायन कलालाई तिखार्दै बसेकाहरुको लागि यो निकै ठूलो अवसर र स्थान बनेर आएको छ । पहिलो सिजनमा देशभरको ७ मुख्य सहरबाट उत्कृष्ट जादुमय स्वर भएकाहरूले मौका पाएका थिए भने दोश्रो सिजनमा देशभरका ६ शहरबाट जादुमय स्वरहरु छानिने छन् । आउँदो चैतबाट अडिसन हुने दोश्रो सिजनमा तपाईको सहभागिता निकै उत्साहजनक हुनेछ । नेपाल आईडलको दोश्रो सिजनलाई पनि पछिल्लो समय निकै लोकप्रिय क्यामेरा फोन ओप्पोले नै मुख्य प्रायोजन गरेको छ ।

पहिलो सिजनमा पनि ओप्पो नै मुख्य प्रायोजक रहेको थियो । बिजेताले के पाउने भन्ने बिषयमा हाललाई खुलाईएको छैन । नेपाल आईडलको पहिलो सिजनले सुरुवातको समय बाटनै आलेचित बनेको थियो भने समापन पनि आलोचनासहित भएको थियो । अब दोस्रो सिजनले कस्तो उपलब्धि हासिल गर्ने हो भन्ने कुरा भने सबैमा खुल्दुली छ ।

प्रतिक्रिया दिनुहोस्