काठमाडौ: गृहमन्त्री रामबहादुर थापाले मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोज्नेहरुलाई निरुत्साहित गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा बुधवार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री थापाले मुलुकमा अस्थिरता निम्त्याउन खोज्ने तत्वको गतिविधि नियन्त्रण गरी सुरक्षा व्यवस्था कायम गर्न निर्देशन दिएका हुन् ।
बैठकमा गृहमन्त्री थापाले शान्ति सुरक्षा कायम गर्न कुनै कुरामा सम्झौता नगर्न पनि सुरक्षा प्रमुहरुलाई भनेका छन् । विकास निर्माणका कामलाई अघि बढाउन समेत शान्ति सुरक्षाको सुनिश्चिता पहिलो सर्त भएको बताउँदै गृहमन्त्री थापाले सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका हुन् । भनि अन्नपुर्ण पोस्टमा खबर छ ।
बैठकमा गृहमन्त्री थापाले जनताले अनुभूति गर्ने गरी सुरक्षा व्यवस्था चुस्त र दुरुस्त बनाउन निर्देशन दिए । छलफलका क्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिप रेग्मी, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र नेपाली सेनाका बलाधिकृत रथी पुर्णचन्द्र थापाले मुलुकको पछिल्लो सुरक्षा अवस्था र चुनौतीबारेमा रिर्पोटिङ गरेका थिए । बैठकमा गृह सचिव मोहनकृष्ण सापकोटा र रक्षा सचिव बिनोद केसी समेत उपस्थित थिए ।