श्रीदेवीको निधनको १० दिन पछि नै उनकी छोरी जाह्नवीले जन्मदिन मनाइन् । यो जन्मदिन श्रीदेवी धुमधामसँग मनाउन चाहन्थिन् । उनको यच्छा पूरा गर्नको लागि कपुर परिवारले यो दिन धुमधामसँग जाह्नवीको जन्मदिन मनाए । यो अवसरमा जाह्नवीलाई धेरैले शुभकामना दिए ।
यही बीचमा अक्षत रंजन नामका युवकले पनि उनलाई जन्मदिनको शुभकामना दिए । जाह्नवीले अक्षतलाई यसको जवाफमा आइ लभ यु लेखेर दिइन् । जाह्नवी र अक्षतको प्रेमको चर्चा चलेको छ । यी दुई फिल्म डियर जिन्दगीको स्क्रिनिङमा सँगसँगै देखिएपछि यसको चर्चा बढेको हो । अक्षत अमेरिकामा टफ्टस युनिभर्सिटीमा अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन गर्दैछन् ।