मोतिचुरको स्वादिष्ट लड्डु बनाउने विधि…(भिडियो सहित)



लड्डु एक प्रकारको मिठाई हो जुन गोलो डल्लो आकारको हुन्छ। लड्डु धेरै तरिकाले बनाउन सकिन्छ।

मोतीचुरका लड्डुको स्वाद अरु भन्दा निकै भिन्न हुन्छ। विवाहमा समारोहमा प्राय लड्डु बनाइन्छ। यसलाई विभिन्न चिजहरुबाट तयार पार्न सकिन्छ जस्तै बेसन, नरिवल, तिल, मातिचुर, सुजी, गुड़ आदि।

लड्डु नेपाल बाहेक भारत, पाकिस्तान जस्ता देशहरुका मानिसहरुले पनि निकै खान मनपराउँछन्। र यी देशहरुमा बनाउछन् पनि। लड्डु धेरै किसिमबाट धेरै प्रकारबाट बनाउन सकिन्छ र यसको प्रकार र आकार पनि देश हनुसार भिन्न भिन्न हुन्छन्।

लड्डुको आफ्नै विशेषता छ र प्राय चाँड तथा भोजहरुमा लड्डुको प्रयोग हुने गरेको पाइन्छ। विशेषत तिहार गणेश पूजामा हामी नेपालीहरु लड्डुको प्रयोग गर्नेगर्छौँ। आज हामी मोतिचुरको लड्डु कसरी बनाइन्छ भन्ने विधि यो भिडियो मार्फत देखाउदैछौँ।

सामग्री
लड्डुको लागि चाहिने सामग्री
बेसन २०० ग्राम
बेकिङ पाउडर १ चम्चा
पानी १२० मिलि
पहेँलो रङ १ चिम्टि

चास्नीको लागि चाहिने सामग्री
चिनि १५० ग्राम
सुकुमेलको धुलो १ चम्चा
पानी चिनिको मात्राभन्दा ठीक आधा
कागतीको रस १ चम्चा

प्रतिक्रिया दिनुहोस्