विश्वकप छनोट अन्तरगतको दोस्रो खेलमा स्कटल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपाललाई सुरुवातमै झट्का लागेको छ ।
सुरुवातमै नेपालले ओपनर ज्ञानेन्द्र मल्ललाई एक रनमा गुमाएको छ । मल्ललाई दाेस्राे अाेभरकै पहिलाे बलमा सफायान शरिफले अाउट गरेका हुन् ।
आइतबार भएको समूहको पहिलो खेलमा नेपालले जिम्बाबेसँग ११६ रनको पराजय ब्यहोरेको थियो । समूह चरणको शीर्ष तीनभित्र रहेर ‘सुपर सिक्स’ चरणमा पुग्नका लागि नेपालले स्कल्याण्डलाई हराउनुपर्ने चुनौति छ । स्कटल्याण्डलाई हराउँदै नेपाल पहिलो जिता दर्ता गर्ने तयारीमा रहेको छ ।
नेपाल र स्कटल्याण्डबीचको खेल जिम्बाबेको बुलावायोस्थित क्वीन्स स्पोर्टस क्लबको मैदानमा भैरहेकाे छ । यसै मैदानमा नेपालले समूहको पहिलो खेल जिम्बाबे विरुद्ध खेलेको थियो ।