छवि ओझा र शिल्पा पोख्रेलको बारेमा उनका छोराले यसो भनेपछि…(भिडियो सहित)



लामो समयदेखि नायिका शिल्पा पोखरेललाई विवाह प्रस्ताव गर्ने बताउँदै आएका छविसँग शिल्पाले पारिवारीक सहमतिमा विहे गर्ने भएका हुन् । नेपाली चलचित्रकी चर्चित अभिनेत्री रेखा थापाका पूर्वपति ओझाले चौथो विवाह गर्न लागेका हुन् । एक्लै बस्न नसक्ने भएपछि चौथो विवाहको तयारीमा लागेको निर्माता ओझाले बताएका छन् ।

अभिनेत्री रेखा थापासँग तीन बर्षअघि सम्बन्ध बिच्छेद गरेपनि कानुन रुपमा केही समयअघि मात्र सम्बन्ध बिच्छेद गरेका थिए ।

शिल्पाका बुवाले समेत सहमति जनाएपछि उनीहरुबीच विवाह गर्ने योजना बनेको हो ।  छविको पहिलो पत्नीसँग डिभोर्स भएको थियो भने दोस्रो पत्नी गीताञ्जली सुनारले आत्महत्या गरेकी थिइन । त्यसपछि छविले रेखासँग विवाह गरेका थिए । उसो त शिल्पा पोखरेलले नेपाली चलचित्रमा छविकै व्यानरबाट डेब्यू गरेकी हुन् ।

छवि ओझा र शिल्पा पोखरेलको विवाहलाई लिएर उनको छोरा साकार ओझा संग गरिएको कुराकानी :

प्रतिक्रिया दिनुहोस्