नेपाललाई लाग्यो अर्को कडा झड्का, पाँचौ विकेटका रुपमा आरिफ शेष पनि आउट



काठमाडौँ । नेपाललाई एकपछि अर्को गर्दै कडा झड्का लागीरहेको छ । विश्वकप छनोट अन्तरगतको दोस्रो खेलमा स्कटल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपाललाई सुरुवातमै ओपनर ब्याट्सम्यानहरु गुमाएपछि विकेट झर्ने क्रम अझै जारी छ । सुरुवातमै नेपालले ओपनर ज्ञानेन्द्र मल्ललाई एक रनमा गुमाएपछि धरमराउन सुरु गरेको ब्याटिगं अर्का ओपनर दिलिप नाथलाई गुमापछि थप कमजोर बन्यो ।

त्यस्तै पाँचौ ओभरको पहिलो बलमा ह्विटिंगमले नै दिपेन्द्रसिंह ऐरीलाई एलबीडब्ल्यू आउट गरे । उनी पनि एक रनमै आउट भए । दिपेन्द्रसिंह ऐरी आउट भए लगत्तै शरद भेषावाकार पनि चौथो विकेटका रुपमा आउट भए । त्यस्तै पाँचौ विकेटको रुपमा नेपालले आरिफ शेषलाइृ पनि गुमाएपछि पारस थप दबाबमा परेका छन् । अहिले पारससँग साझेदारी गर्नका लागी सोमपाल कामी आएका छन् ।

प्रतिक्रिया दिनुहोस्