नेपाललाई लाग्यो अहिलेसम्मकै कडा झड्का, सातौँ विकेटका रुपमा पारस खड्का आउट



काठमाडौँ । नेपालको सातौँ विकेटका रुपमा पारस खड्का आउट भएका छन् । नेपालका कप्तान पारसले ७४ बलमा ६३ रन बनाएर आउट भएका हुन् । नेपालले २९ ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै १०३ रन जोड्न सफल भएको छ । यसअघि नेपालका ब्याट्यासम्यानहरुले सोमपाल कामी बाहेक अन्यले दोहोरो अंक नजोडी आउट भएपछि आज नेपालले निकै नै खराब प्रर्दशन गरिरहेको छ ।

नेपालले आफ्ना सुरुवाती चरणका खेलाडी ज्ञानेन्द्र मल्ल, दिलिप नाथ, दिपेन्द्रसिंह ऐरी, शरद भेषावाकार र आरिफ शेष र नेपालको छैठौँ विकेटका रुपमा सोमपाल कामी र पारस पनि आउट भएपछि अहिले क्रिजमा रोहित कुमार र बसन्त रेग्मी रहेका छन् । समूह चरणको शीर्ष तीनभित्र रहेर ‘सुपर सिक्स’ चरणमा पुग्नका लागि नेपालले स्कल्याण्डलाई हराउनुपर्ने चुनौति छ । स्कटल्याण्डलाई हराउँदै नेपाल पहिलो जिता दर्ता गर्नका लागी खेलेको खेलमा नेपालले खराब सुरुवात गरेका बेला स्कर्टल्याण्ड भने नेपाल बिरुद्ध हावी नै भएको छ ।

यही बुलावायो मैदानमा जिम्बावेले पहिलो खेलमा ३ सय ८० रन बनाएको थियो। यही मैदानमा जिम्बावेले १ सय ९७ रनको लक्ष्य पछ्याएको अफगानिस्तानलाई रोक्न सफल भयो। त्यसैले पीचको अवस्थाको पूर्वानुमान गर्न कठिन छ। तर दुवै खेलमा स्पिनरले राम्रो प्रदर्शन गरेका छन्। नेपाल र स्कटल्यान्डबीचको खेलमा पनि स्पिनरले राम्रो प्रदर्शन गर्न सक्नेछन्।

पहिलो खेलमा जिम्बावेसँग १ सय १६ रनले पराजित भएको नेपालले चार दिन आराम गरेपछि दोस्रो खेल खेल्दैछ। पहिलो खेलमै टेस्ट मान्यता प्राप्त टिमसँग प्रतिस्पर्धा गरेको नेपालको बलिङ अपेक्षाकृत हुन सकेन। तर ब्याटिङमा भने नेपालले सुदृढ प्रदर्शन गर्‍यो। खेलमा आरिफ शेख र सरद भेषावकरले अर्धशत प्रहार गरेका थिए। क्रिकेट सम्बन्धि सम्पुर्ण खबरको लागि मेरो क्रिकेट डट कम हेर्नू होला ।

स्कटल्यान्ड र नेपालबीच एकदिवसीय खेलमा पछिल्लो चार वर्षमा तीन पटक प्रतिस्पर्धा भएको छ। पछिल्ला तीन वटै खेलमा नेपालले पराजय भोगेको छ। सन् २०१४ को विश्वकप छनोटमा स्कटल्यान्डले नेपाललाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको थियो। सन् २०१५ मा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र स्कटल्यान्डबीच पहिलो चरणमा दुई खेल भएका थिए। स्कटल्यान्डमा भएको दुवै खेलमा नेपाल पराजित भयो।

नेपाल भर्सेस स्कटल्यान्ड

स्थान– क्विन्स स्पोट्स क्लब, बुलावायो, जिम्बावे
प्रतिस्पर्धा– एकदिवसीय विश्वकप छनोट, म्याच ११
मिति– फागुन २४ गते बिहीबार, दिउँसो : १:१५ बजे

नेपाल : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी

स्कटल्यान्ड : काइल कोएत्ज़र (कप्तान), रिची बैरिंगटन, मैथ्यू क्रॉस, अली इवांस, माइकल जोन्स, माइकल लीस्क, कैलम मैकलेओद, जॉर्ज मुंसी, सफ्यान शरीफ, क्रिस सोल, टॉम सोल, क्रेग वालेस, मार्क वाट , ब्रैड व्हायल और स्टुअर्ट व्हिटिंगहम ग्रैन्ट ब्रेडबर्न (कोच)

प्रतिक्रिया दिनुहोस्