२४ फागुन २०७४
काठमाण्डौ, सुर्जापुरी, भोजपुरी र नेपाली गरी तीनभाषामा बनेको चलचित्र ‘सल्माको नेपाली संस्करणको ‘टेलर’ सार्वजनिक गरिएको छ । नेपाली भाषाको साल्माको यो संस्करण नेपालका अन्य स्थानहरुमा समेत च्यारिटी शो भईरहेको चलचित्र नायक, निर्माता तथा निर्देशक झापाली कान्छा ‘अभिषेक बताउँछन् ।
सुर्जापुरी र नेपाली भाषाको यो चलचित्र पाथिभरा थिएटर एण्ड सिने प्रा.लि.को ब्यानरमा बनेर नेपाली संस्करणको टेलर बजारमा आएको छ । मरगुव आलम (राज) को प्रस्तुतिमा बनेको त्रिकोणात्मक सामाजिक परिवेशको पारिवारिक प्रेममा आधारित चलचित्र ‘सल्मा’ झापा, इलाम हुँदै देशका विभिन्न भागमा छायाँकन गरिएको छ ।
चलचित्रमा बाल्यकाल देखिको प्रेमलाई सफल बनाउन झुल्नुपर्ने समस्यालाई उजागर गरेको छ । चलचित्रले मुस्लिम आमा, दिदीबहिनीलाई बुर्काको घेराबाट बाहिर निस्कन गरिने प्रयत्न, हकअधिकारका विषयमा लड्ने शन्देश समेत प्रवाह गरेको छ ।
यो चलचित्र मोरङ र झापाको दक्षिणी भेगका करिब ४ लाख र भारतको बिहार राज्यको उत्तरपूर्वी भेगका लाखौं बासिन्दाले बोल्ने सिर्जापुरी भाषामा समेत बनेको छ । चलचित्रमा झापाली कान्छा ‘अभिषेक, मरगुव आलम (राज), सन्ध्या पौडेल, प्रतिमा श्रेष्ठले अभिनय गरेका छन् ।