फागुन २५ र २६ गते हल्लै हल्लाको नेपाल बन्द, हल्लाको पछि नलागौं यस्तो छ वास्तविकता



फागुन २५ र २६ गते नेपाल बन्द भन्ने हल्ला सामाजिक सञ्जालमा व्यापक भएको छ । विभिन्न पर्चा पम्पलेट पनि सार्वजनिक भएका छन् । बन्दको वास्तविकता अहिलेसम्म नत कसैलाई थाहा छ, नत कुनै आधिकारिक जानकारी वा सूचना छ ।

विप्लव नेतृत्वको नेकपाका एक केन्द्रीय सदस्यले बन्दको हल्ला आफूले पनि सुनेको तर वास्तविकता भने आफूलाई पनि थाहा नभएइको र नेकपाको बन्द हुदै नभएको प्रष्ट पारेका छन् । तत्कालिन माओवादीका पूर्व जनमुक्ति सेनाको रन्जित गुरुङ्ग समूहले गर्न लागेको भनिएको बन्दको वास्तविकता के हो त ? पूर्व लडाकु रन्जित गुरुङ्गले दिएको जानकारी अनुसार बन्द आफुहरुले आह्वान गरेको स्वीकारेका छन्, तर बन्दको आधिकारिक घोषणा अर्थात विज्ञप्ति भने निकाल्न बाँकी रहेको बताएका छन् ।

साथै उनले अहिले सामाजिक सन्जालमा सार्वजनिक भईरहेका विभिन्न पर्चा पम्पलेटहरु पनि आफूहरुले सार्वजनिक नगरेको र सबै फेक भएको बताएका छन् । नेपाली कलाकारलाई सम्मान गरौ, जनयुद्ध र जनआन्दोलनका घाईतेलाई निशुल्क उपचार गरौ, पूर्व लडाकुलाई राष्ट्रिय प्रमाणपत्र सहित सम्मान गरौ लगायतका माग लेखिएका र पर्चाको अन्त्यमा बन्द अवज्ञा गर्नेले बेलुका आफै सोच्नुहोला लगायत लेखिएको पर्चा सामाजिक सन्जालमा भाईरल जस्तै बनेको छ जुन कुनै आधिकारीक संगठनको नभएको बुझिएको छ ।

जसले सर्वसादारहणमा अन्योलता पैदा गरेको छ । स्मरण रहोस् पूर्व माओवादी लडाकुहरु पनि विभिन्न समूहमा विभाजीत छन् । एक पूर्व लडाकुका अनुसार २५ र २६ गते हुने भनिएको बन्द नहुने बताएका छन् । उनले भने ‘ रन्जित गुरुङ्गको कुनै संगठन छैन, २ चार जनाले भन्दैमा नेपाल बन्द हुदैन यो हल्ला मात्रै हो, नेपाल बन्द हुदैन’ ।

प्रतिक्रिया दिनुहोस्