एजेन्सी । आफ्ना स्टार कलाकारहरु प्रति फ्यान यतिसम्म क्रेजी हुन्छन् की उनीहरुले आफ्नो भोली र भविष्य अनि परिवारका बारेमा समेतद आँखा चिम्लिन्छन् । जसको पछिल्लो उदाहरण बनेकी छिन् बलिउड स्टार सञ्जय दत्तकी एक फ्यान निशी त्रिपाठी । निशीको केही दिनअघि निधन भएको थियो । उनको निधनपछि बैंकबाट फोन आयो ।
उक्त कलमा सञ्जय दत्तले आफू निशीको वारिस भएको जानकारी पाउँदा सञ्जय नै पहिले छक्क परे । सञ्जय दत्तले उनको सम्पतीमा आफूले दाबी नगर्ने बैंकलाई पत्राचार गरेका छन्। निशी मुम्बईको मालाबार हिलस्थित त्रिवेणी अपार्टमेन्टमा बस्थिन्।
उनकी ८० वर्षीया आमा, २ छोरा र १ छोरी भएका कारण उक्त सम्पत्ती आँफुले भोग चलन नगर्ने भन्दै निशीको सम्पत्ती उनकै परिवारलाई दिएका छन्।