विश्वकप क्रिकेट छनोट [अपडेट] : सन्दीपले लिए पहिलो विकेट



२४ फागुन २०७४ काठमाडौँ

विश्वकप छनोट अन्तरगतको दोस्रो खेलमा नेपालले दिएको १५० रन पछ्याउँदै स्कटल्याण्डको पहिलो विकेट गएको छ ।

पहिलो ओभर बलिङ गर्न आएका सन्दीप लामिछानेले म्याथ्यु क्रसलाई पारस खड्काको हातबाट क्याचआउट गराएका हुन् । नेपालका लागि ओपनर सोमपाल कामी र वसन्त रेग्मीले ब्याक टू ब्याक बलिङ गर्दै स्कटल्याण्डका बलरलाई रन जोड्न दिएका छैनन् ।

स्कटल्याण्डका म्याथ्यु क्रस काइल कोएट्जर ओपनिङ ब्याट्सम्यानका रुपमा क्रिजमा रहेका छन् । पहिलो ओभर बलिङ गर्न आएका वसन्तले मात्रै एक रन खर्चिए । दोस्रो ओभरमा सोमपालले २ रन मात्रै दिए । त्यस्तै तेस्रो ओभरमा वसन्तले २ तथा चौथो ओभरमा सोमपालले ३ रन दिए । पाँचौ ओभरमा वसन्तले चार रन दिए । छैटौं ओभरमा भने सोमपालले ७ रन खर्चिएका थिए ।

प्रतिक्रिया दिनुहोस्