विश्वकप छनौटको दोस्रो खेल नेपाल VS स्कटल्याण्ड (लाइभ भिडियो)



नेपालले विश्वकप छनोट क्रिकेटमा अहिले स्कटल्यान्डको सामना गर्दैछ । जिम्बावेमा भइरहेको प्रतियोगिताको बिहीबारको खेल नेपाली समय अनुसार दिउँसो १:१५ मा सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा आयोजक जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो । नेपाली बलरमाथी हावी हुँदैं जिम्बावेले त्यो खेलमा ३ सय ८० रन बनाएको थियो, जुन नेपालले ५० ओभरको खेलमा सबैभन्दा बढी रन हो । स्कटल्यान्डले पहिलो दुवै खेलमा विजय हात पारेको छ । पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले स्तब्ध पारेको स्कटल्यान्डले मंगलबार दोस्रो खेलमा हङकङमाथी ४ विकेटको सहज विजय हात पारेको थियो । नेपाललाई पराजित गरेमा स्कटल्यान्ड सुपर सिक्समा पुग्ने छ ।

स्कटल्यान्डसँग यसअघि भएका तीन खेलमा नेपाल पराजित भएको थियो । २०१४ मा न्युजिल्यान्डमा भएको विश्वकप छनोटमा नेपाललाई पराजित गर्दै अघि बढेको स्कटल्यान्ड प्रतियोगिता नै जिति विश्वकपमा पुगेको थियो । त्यसपछि स्कटल्यान्डको आयरमा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपको दुबै खेलमा पनि नेपाललाई स्कटल्यान्डले पराजित गरेको थियो । च्याम्पियनसिपको उपविजेता बनेपछि स्कटल्यान्ड विश्वकप छनोटमा सोझै पुगेका थियो ।

च्याम्पियनसिपको शीर्ष चारमा नपरेको नेपाल सातौं भई रेलिगेसनमा परी डिभिजन २ मा झरेको थियो । अघिल्लो महिना नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल पुग्दै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्