बिहान उठेपछि सफा पानीले मुख धुनुहोस् । नियमित व्यायाम गर्नुहोस् ।
व्यायाम र मर्निङवाकले शरीरका सबै प्रक्रिया व्यवस्थित गर्छ । शरीर सामान्य अवस्थामा भए आँखा
स्वस्थ रहन्छ ।
शारीरिक व्यायाम गरेपछि आँखाको पनि व्यायाम गर्न सक्नुहुन्छ ।
बिहानी शीतल मौसममा हरियो, शान्त दृश्य हेर्नुहोस् ।
खुला आकाश हेर्नु सबैभन्दा राम्रो । तर, आँखालाई यता–उता घुमाउनु राम्रो होइन ।
ब्रेकफास्टमा फलफूलतिर जोड गर्नु आँखालाई राम्रो हुन्छ । स्वच्छ पानीमा पनि बल गर्नुहोस् ।
आँखालाई हरेक बिहान दिएको थोरै समयले तपाईं जीवनभर उज्यालो संसारमा रमाउन पाउनुहुन्छ ।
तपाईको प्रतिक्रिया