सयभन्दा बढी सेलिब्रेटी महिलामाथि यौनिक अत्याचार गर्ने वेइनस्टेन पक्राउ पर्दै



हलिउड । न्युयोर्क प्रहरीले हलिउड फिल्म निर्माता हार्वे वेइनस्टेनलाई अन्ततः पक्राउ गर्ने भएको छ । अत्यधिक संख्यामा महिला सेलिब्रेटीहरुले ६५ वर्षका वेइनस्टेनमाथि यौनिक अत्याचार गरेको आरोप लगाएपछि उनलाई पक्राउ गर्ने तयारी गरिएको हो ।

वेइनस्टेनमाथि यौनजन्य हिंसा, यौनिक अत्याचार र महिला कलाकारमाथि बलात्कार गरेको आरोप लागेको छ । सोही आरोपका कारण उनी अहिले तनावमा छन् । उनले सयभन्दा बढी सेलिब्रेटीमाथि यौनजन्य हिंसा र बलात्कार गरेको आरोप लगाएका छन् ।

आरोप लगाउनेमा चर्चित कलाकार रोज म्याकगोवन, एसिया अर्जेन्टिनो, एन्जेलिना जोली र ग्वेनेथ पाल्ट्रो समेत छन् । गत वर्षको अक्टोबरमा उनको कर्तुत मिडियामा सार्वजनिक भएको थियो ।

उनीमाथिका कुनै कुनै आरोप त सन् १९८० को दशकतिरका समेत छन् । उनीमाथि अहिले अमेरिकाको लस एन्जेल्स, न्युयोर्क र बेलायतको लण्डनमा अनुसन्धान भइरहेको छ । यति धेरै आरोपका बाबजुद वेइनस्टेनले सबै आरोप अस्वीकार गर्दै आएका छन् ।

उनीमाथि लागेकामध्ये अभिनेत्री लुसिया एभान्सले लगाएको आरोप लगभग पुष्टि भएको मानिएको छ । वेइनस्टेनले यी नायिकालाई सन् २००४ मा लण्डनस्थित ट्रिबेका अफिसमा इन्कार गर्दागर्दै पनि जबर्जस्ती मुखमैथुन गराएको आरोप छ । यसबारे ती नायिकाले सबैभन्दा पहिला द न्युयोर्करमा खुलासा गरेकी थिइन् ।

वेइनस्टेन हलिउडका शक्तिशाली फिल्म निर्माता हुन् । उनी र उनका भाइ बबले सन् १९७९ मा मिरम्याक्स कम्पनी खोलेका थिए । पछि १९९३ मा यो डिस्नेलाई बेचिएको थियो ।

हार्वे स्टुडियोका कोचेयरमेन (सहप्रमुख) समेत रहेका थिए । सहकर्मी महिलाले नै उनीविरुद्ध आरोप लगाएपछि केही दिनका लागि उनी छुट्टी बसेका थिए । न्युयोर्क टाइमले यसबारे समाचार लेखेको थियो । समाचार सार्वजनिक हुनथालेपछि वेइनस्टेन आफ्नै कम्पनीबाट गलहत्याइएका थिए । (मिरर युकेबाट अनुवादित)

प्रतिक्रिया दिनुहोस्