मिस्टर इन्टरनेसनलमा पहिलोपटक नेपालले सहभागिता जनाउँदै, साजिद अलामले प्रतिनिधित्व गर्दै



पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर इन्टरनेसनल’मा पहिलोपटक नेपालले सहभागिता जनाउने भएको छ ।

बिराटनगरका साजिद अलामले नेपालबाट पहिलोपटक प्रतिनिधित्व गर्न लागेका हुन् । उनी मिस्टर इन्टरनेसनल २०१८ का शीर्ष विजेता हुन् भने म्यान हन्ट नेपाल २०१८ का सेकेन्ड रनर्स अप हुन्। मिस्टर इन्टरनेसनल २०१८ प्रतियोगिताको १२ औं संस्करण हो। तर नेपालले भने पहिलोपटक सहभागी हुन लागेको हो ।

योपटक प्रतियोगिता म्यानमारको नेसनल थिएटर अफ यागोनमा हुँदैछ । आउँदो अप्रिल ३० मा हुने फिनालेमा ३० प्रतिस्पर्धी हुनेछन्। विजेतालाई मिस्टर इन्टरनेसनल २०१७ पल इस्कन्दरले ताज पहिराउने छन् ।

प्रतिक्रिया दिनुहोस्