इरफान खानलाई दुर्लभ रोग



मुम्बई – बलिउड अभिनेता इरफान खान दुर्लभ रोग लागेको छ। संयोग पनि कस्तो भने १३ वर्षअघि ‘रोग’ नामक फिल्मबाट बलिउडमा डेब्यु गरेका ५१ वर्षीय इरफानलाई दुर्लभ रोगले समात्यो।

इरफानले ट्वीटरमार्फत आफूलाई दुर्लभ रोग लागेको जानकारी दिएका छन्। साथै आफ्नो रोगको बारेमा अट्कल नलगाउन आग्रह गर्दै छिट्टै निको होस भनी प्रार्थना गर्न फ्यानलाई आग्रह गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार इरफानले आफू मेडिकल जाँच रिपोर्टको प्रतिक्षा गरिरहेको भन्दै रिपोर्ट आएपछि फ्यानलाई थप जानकारी गराउने पनि स्पष्ट पारेका छन्।

बलिउडमा १ सय भन्दा बढी फिल्ममा काम गरेका इरफानका पिकु, मक्रबुल, हासिल र पान सिंह तोमरजस्ता फिल्म सुपरहिट छन्।

भारतको अन्तर्राष्ट्रिय अभिनेताका रुपमा समेत चिनिने इरफानले हलिउड फिल्म ‘लाइफ अफ पाई’, ‘स्लमडांग’ र ‘द अमेजिङ्ग स्पाइडर म्यान’मा अभिनय गरेर चर्चामा आएका थिए।

२०१३ मा पान सिंह तमोरमा मुख्य भुमिका निभाएका इरफानले यो फिल्मबाट नेशनल फिल्म अवार्ड जितेका थिए।

प्रतिक्रिया दिनुहोस्