६ वर्षदेखि आफ्नै पिसाब पिउँदै



बेलायतका डेव मर्फी नियमित आफ्नै पिसाब पिउँछन् । विगत ६ वर्षदेखि अर्थात् सन् २०११ देखि उनी पिसाब पिउँदै आएका छन् । तर, उनी पानी पिउँदैनन् । आखिर मर्फी किन आफ्नै पिसाब पिइरहेका छन् ?

उनी पिसाब पिउनुलाई थेरापीका रूपमा व्याख्या गर्छन् । यसले उनलाई निकै फाइदा पुगेको छ । ‘पिसाब पिउन सुरु गरेपछि मेरा कैयौँ रोग निको भएका छन्,’ उनको जवाफ छ । उनले आफू विगतमा दमको रोगी भएको र पिसाब पिउन सुरु गरेपछि धेरै हदसम्म नियन्त्रण हुँदै गएको र अहिले ठीक भएको बताउँछन् । उनले दमका रोगीलाई आफ्नै पिसाब (स्वमुत्र) पान गर्न सुझाब पनि दिएका छन् ।

उनले ६ वर्षदेखि पिसाब पिउँदा दम मात्रै निको भएको होइन, ५० किलो तौल कम भएको पनि बताएका छन् । पहिले उनको ‘ओभरवेट’ थियो । आफ्नै पिसाब पिउने मर्फी पिसाबले नै नुहाउने पनि गर्छन् ।

प्रतिक्रिया दिनुहोस्