एजेन्सी : एउटा यस्तो मन्दिर जहाँ सर्वसाधारणका लागि पाँच घण्टा मात्रै खुल्ला रहन्छ। यही अनौठो तरिकाले यो मन्दिर आज विश्वमा ख्याति कमाएको छ।
यो मन्दिरको नाम हो निरइ देवीको मन्दिर। यो भारतको छत्तिसगढको गरियाबन्द जिल्लाको मुख्यालयबाट १२ किलोमिटर दूरीमा नदीको किनारमा रहेको छ। जहाँ एउटा सानो गाउँ समेत अवस्थित छ।
यो मन्दिरकी देवी निराई श्रद्धालु एवं भक्तजनको आकर्षणको केन्द्र बनेको छ। यो मन्दिर अञ्चलको देी भक्तिको आस्थाको मुख्य केन्द्र बनेको छ। निराई देवीलाई सिन्दुर, पुत्रलाभ, श्रृगार, कुमकुम, टीका लगायतका सामग्री चढाउन पाइदैन। देवीलाई नरिवल अगरबत्तीबाट मनाउने गरिन्छ।
पाँच घण्टा मात्रै देवीको दर्शन गर्न पाइने
देशको विभिन्न भागमा रहेको मन्दिरमा दिनभरी नै देवीको मन्दिरमा दर्शन गर्न पाइए पनि यहाँ बिहान ४ बजेदेखि विहान ५ बजेसम्म मात्र दर्शन गर्न पाइन्छ।
केबल पाँच घण्टाको लागि मात्रै खुल्ने यो मन्दिर दर्शनको लागि प्रत्येक वर्ष हजारौ मानिस यहाँ आउने गर्दछन्। यो देवीको विशेषता भनेको नवरात्रीमा प्रत्येक वर्ष ज्योति आफै प्रज्वलित हुने गर्दछ।