मानव जाती हरेक पल सुख चाहान्छ । तर, जीवनमा सुख मात्रै हैन दुःख पनि बराबर हुन्छ । तथापी केही मानिसहरुको जीवनमा सदैव दुः मात्रै बास गरेको हुन्छ । सुखी जीवनको लागि धन सम्पत्ति हुनु आवश्यक छ ।
आखिर दुःखबाट छुटकारा कसरी प्राप्त गर्ने त् ? न बैदिक शास्त्रमा यसबारे कुनै अवधारण छ वा त् वैज्ञानिक मान्यता नै । त्यसो भए के दुःखबाट उनमुत्ती मानिसहरुले पाउन सक्दैनन् त् ?
यदि तपाई सुख, शान्ती र सम्वृद्धी चाहानु हुन्छ भने आजैदेखि महात्मा विदुरको दार्शिनिक शुत्र जीवनमा लागु गर्नुहोस् ।
– शिक्षा आजको समयमा धन सम्पत्ति हो । धन बिना कुनै रोगको उपचार सम्भव छैन । यसर्थ मानसम्मान, शिक्षादीक्षा, परिवारको पालनपोषण, र रोगलाग्दा उपचारको लागि धनको अति आवश्यक हुन्छ ।
– जीवनमा सदैव सुखी रहनको लागि शरीर स्वस्थ हुनु जरुरी छ । यदी शरीरमा कुनै रोग छ भने तपाई राम्रो सँग कुनै पनि काम गर्न सक्नु हुन्न । यस्तो अवस्थामा तपाईं जीवनका हरेक कुराबाट बञ्चित हुनुहुन्छ । स्वस्थ्य शरीर नै एकप्रकारले सुखी जीवन हो इश्वरको बरदान हो ।
– महाभारतमा महात्मा विदुरले भनेका छन्, सुन्दर श्रीमती हुनु पनि एक प्रकारको सुख हो । जसले नम्रता पूर्वक कुरा गरेर परिवारका सदस्यलाई सुख राख्न सक्छिन् । यदी कर्कशा श्रीमती हुनेको घरमा न परिवारले सुख पाउँछ न इष्टमित्र आउँछन् न छर छिमेकि ।
– यदी सन्तान गलत बाटोमा लागे भने यसको दोष बुबा आमालाई जान्छ । तसर्थ जसको सन्तान आज्ञाकारी छन् उ सुखी हुन्छ । जसको सन्तान मुर्ख छ कुलतमा लागेको छ उ दुःखी । महात्मा विदुर– भन्छन् सज्जन सन्तान हुने जो कोहीले पनि दुख कहिल्यै भोग्नु पर्दैन ।
– पैसा त आउँछ जान्छ यो एक नियम नै हो । कोही मानिस आफ्नो भएको पैतृक सम्पत्ति अनियन्त्रित रुपले खर्च गर्छन । यस्तो स्थितिबाट बच्नको लागि तपाई सँग यस्तो ज्ञान हुनु प¥यो जसले भएको धन नष्ट पनि नहोस् र काम पनि बनोस् ।