कुखुराको मासुबाट विभिन्न परिकार बनाएर खाएको अथवा नखाएपनि देखेका छौं हामी सबैले। तर धेरैले नसुनेको र सायद नखाएको एउटा परिकार हो चिकेन अचार। मासुको अचार पनि बन्छ र?
यसरी बन्छ चिकेन अचारः
सामग्री :
आधा किलो कुखुराको मासु (पिस बनाएको)
२ चम्चा अदुवा,लसुनको लेदो
१ चम्चा रातो खुर्सानीको धुलो
आधा चम्चा बेसार
१ कप सर्सुको तेल
आधा चम्चा हिंग
१ कप काटेको प्याज,आधा चम्चा काटेको अलैची(ठुलो) र आधा चम्चा सानो अलैचीको धुलो। ३ पत्ता तेजपात र एक ठुलो चम्चा मेथीको दाना। नुन स्वाद अनुसारकाे ।
विधि :
सबैभन्दा पहिले कुखुराको मासु,अदुवा लसुनको लेदो, खुर्सानीको धुलो र बेसार सँगै राखेर मोलेर ३० मिनेट राख्ने। त्यसपछि प्यानमा तेल राखेर तताउने अगाडि तयार पारेको मासु राखेर फ्राइ गरेर निकाल्ने। त्यही प्यानको तेलमा प्याज र हिंग राखेर सुनौलो रंग हुन्जेल फ्राइ गरेर मेथीको दाना,तेज पत्ता सानो ठुलो अलैची राख्ने। यसपछि उक्त प्यानमा निकालेको मासु फेरि राखेर ३ देखि पाँच मिनेटसम्म पकाउने।
यसपछि तयार हुन्छ चिकेन अचार जसलाई कुनै सिसाको भाडामा राखेर एक महिनासम्म खान मिल्छ। (विभिन्न रेसिपि च्यानलको सहयोगमा तयार पारिएको)