प्रतिनिधिसभाको सभामुखमा माओवादी केन्द्रका कृष्णबहादुर महरा निर्विरोध चयन भएका छन्।मनोनयन दर्ताको लागि बिहान १० बजे देखि १ बजेसम्मको समय तोकिएकोमा महराको मात्र मनोनयन दर्ता भएपछि उनी सभामुख बन्ने पक्का भएको हो ।
नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने जनाएपछि महराको मात्र उम्मेदवारी परेको हो । महराको उम्मेदवारीलाई एमालेका नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका छन् भने माओवादी केन्द्रका नेता देव गुरुङले समर्थन गरेका छन् ।
अब शनिबार प्रतिनिधि सभाको अन्तरिम कार्यविधि अनुसार महरालाई औपचारिक रुपमा सभामुख घोषणा गरिनेछ।