कुरीतिले हुने महिला हिंसा बिरुद्ध म वोल्छु अभियान सम्पन्न



काठमाडौँ, २६ फागुन

सामाजिक मञ्च ऐक्यवद्धता मार्चमा महिला माथि हुने कुनै पनि प्रकारको विभेद, हिंसा, दुर्ब्यवहार, तथा विभेदकारी सामाजिक कार्य विरुद्ध ऐक्यवद्धता जनाउन “कुरीतिले हुने महिला हिंसा विरुद्ध म वोल्छु” अभियान सम्पन्न भएको थियो ।

अन्तराष्ट्रिय महिला दिवस २०१८ को सन्दर्भ पारेर विहिवार नेपाल सामाजिक मञ्चका मानबवादी समाज (सोच) नेपाल सहित ५० भन्दा वढी संस्थाको आयोजनामा संचालन भएको थियो । कार्यक्रमका अवसरमा काठमाण्डौंको भद्रकाली देखी शहिदगेट, रत्नपार्क हुदै प्रदशनिमार्ग स्थित वाल्मिकि क्याम्पससम्म र्यालिको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा Time is Now: Rural and Urban Activists Transforming Women’s Lives” भन्ने अन्तराष्ट्रिय नारा तथा “आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरणः ग्रमिण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण” भन्ने राष्ट्रिय नारा सहित मनाइएको थियो ।

१०८ औ महिला दिवसका अवसरमा आयोजित कार्यक्रममा कुरीतिले हुने महिला हिंसा विरुद्ध म वोल्छु अभियानमा हस्ताक्षर संकलन समेत गरिएको थियो । कार्यक्रममा करिव १००० जनाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्