पूर्वीय दर्शनको एक महत्वपूर्ण उपशाखाका रूपमा वास्तुशास्त्र मानव जीवनका लागि अमूल्य धरोहर हो। संस्कृतमा वस धातुमा तुनू प्रत्यय लागेर वास्तु शब्द बन्दछ। वस्तु भन्नाले संसारमा रहेका चीजलाई जनाउँछ। वस्तु शब्द नै वास्तुको रूपामा प्रयोग गरेको पाइन्छ। वास्तुशास्त्रलाई स्थापत्य कला पनि भनिन्छ। गृह, नगर, मठमन्दिर, कुवा, आ श्रम निर्माणमा पञ्च महाभूत तत्व (पृथ्वी, जल, वायु, आकाश, अग्नि) को व्यावहारिक वैज्ञानिक एवम् शास्त्रीय संयोजन नै वास्तुशास्त्र वा स्थापत्य कला हो।
पौराणिक मान्यताअनुसार भगवान् शंकरले विश्वकर्मालाई वास्तुशास्त्रको ज्ञान दिएका थिए। देवताका वास्तुशिल्पी विश्वकर्मा र दानवहरूका वास्तुविज्ञ भय दानवलाई भनिन्छ। रावणले भगवान् शंकरका लागि कैलाश पर्वतमा पूर्ण वास्तुअनुसार भवन तयार गरेका थिए। रामले पनि वनवासमा नारदको सल्लाहअनुसार पूर्ण कुटीको निर्माण गर्दा सम्पूर्ण वास्तु नियमअनुसार निर्माण मुर्हूत, पूजा र प्रवेश गरेका थिए।
धर्म, अर्थ, काम र मोक्ष मनुष्यका चार पुरुषार्थ हुन्। यी चार पुरुषार्थ प्राप्तिका लागि गृह शान्तिको परम आवश्यकता पर्दछ। गृह निर्माणमा त्रुटि र वास्तुविपरीत निर्माणले अशान्ति, द्वन्द्व, अभाव, अकाल र पीडा प्राप्त हुन्छ। यसको प्रमुख कारण हो, प्रकृति र मावनबीचमा सही र पूर्ण संयोजन नहुनु। वास्तुशास्त्रको हामीलाई पञ्चतन्व दश दिशा, ब्रह्मणीय तरंगको समुचित समायोजनका आधारमा निर्माण गर्ने ज्ञान दिन्छ। यसकारणले मानवीय जीवन, सुख, समृद्धि, सन्तोष र विकास पथमा अगाडि लम्किन्छ।
वैदिक वास्तुशास्त्रलाई वैज्ञानिक आधारमा पनि प्रमाणित गर्न सकिन्छ भन्ने यो लेखको आशय हो। वास्तुशास्त्र पूर्ण विज्ञान भए पनि लामो समयसम्म यसलाई बेवास्ता गरियो जसको कारण मानव समाज विकास र प्राप्तिको यस्तो युगमा पनि पीडित, अशान्त भई डरमा बाँचिरहेको छ। मानवले धेरै भौतिक सम्पदा त पायो तर आत्मा र मनको शान्ति पाएन। कारण वास्तुशास्त्रलाई बेवास्ता गरेर बनाइएको घर पनि हो।
पश्चिमा विशेषगरी जर्मनीका वैज्ञानिकहरूले सन् १९२० देखि पृथ्वीको सतहमा रहेको तरंगहरूको अध्ययन थालेका थिए। पृथ्वीका तरंगहरूको दबाबले मानव जीवनलाई प्रभाव पारिरहेको सिद्धान्तलाई उनीहरूले भूरोगीय दबाब (जिओपाल्टिक स्ट्रेस) को रूपमा अध्ययन गरे। सर्वप्रथम डा. म्यानपेड करीले धरतीमा विद्युतीय जालो छ भनी स्वीकार गरे। ती जालोहरू इशान (उत्तरपूर्व) दिशादेखि नैऋत्य (दक्षिण–पश्चिम) र आग्नेय (दक्षिण–पूर्व) दिशादेखि वायव्य (उत्तर–पश्चिम) दिशामा लगभग तीन मिटरको दूरीमा रहेका छन्। करीका अनुसार जहाँ दुईरेखीय तरंगहरू आपसमा मिल्छन्, त्यहाँ दुई गुणा नकारात्मक वा सकारात्मक ऊर्जा प्रस्फुटन हुन्छ, जसले मानव जीवनलाई असर पार्दछ। उनले कतिसम्म भनेका छन् भने जो दुई रेखाको मिलन बिन्दुमध्ये सकारात्मक ऊर्जामा सुत्छ, उसलाई क्यान्सर र जो नकारात्मक ऊर्जा व्याप्त बिन्दुमा सुत्दछ, उसलाई दाद चिलाउने आदि रोग लाग्छ।
गृह, नगर, मठमन्दिर, कुवा, आ श्रम निर्माणमा पञ्च महाभूत तत्व (पृथ्वी, जल, वायु, आकाश, अग्नि) को व्यावहारिक वैज्ञानिक एवम् शास्त्रीय संयोजन नै वास्तुशास्त्र वा स्थापत्य कला हो।
त्यस्ता समस्या निराकरणको लागि डा. करीका अनुसार जहाँ मिलनबिन्दु भेटिँदैन, त्यहाँ शयन कक्षको परिकल्पना गरेको छ। उदाहरणका लागि दक्षिण दिशामा र पश्चिम दिशामा ती विद्युतीय तरंगीय ऊर्जाको मिलन हुँदैन। यी दुई दिशामा शयन कक्ष निर्माणले गहिरो निद्रा र आराम मिल्छ। वैदिक वास्तुशास्त्रले मास्टर बेड रुम याने कि परिवारको मुखियाको शयन कक्षका लागि दक्षिण र पश्चिम दिशामा निर्दिष्ट गरेको छ। यसरी वैदिक वास्तुशास्त्र पूर्ण वैज्ञानिक छ। एक अर्का विद्वान् डा. हटम्यानले पृथ्वीको उत्तरदेखि दक्षिणसम्म पूर्वदेखि पश्चिमसम्म तरंग शक्तिहरू कुदिरहेको पत्ता लगाए। यी शक्तिहरू क्रमशः उत्तरदेखि सुरु भई दक्षिणमा र पूर्वदेखि सुरु भई पश्चिममा अन्त्य हुन्छन्।
वैदिक वास्तुशास्त्रले हजारौं वर्षअगाडि नै ठ्याक्कै डा. हटम्यानले भनेजस्तै सिद्धान्त बनाएको छ। जुन जमिन पूर्व दिशामा होचो हुन्छ त्यसलाई ‘गोविथी’ भनिन्छ र यो जमिन समृद्धिकारक मानिन्छ। डा. हटम्यानको खोजअनुसार पनि पूर्व दिशाबाट शक्तिको सुरुवात हुन्छ। ती तरंगीय शक्तिलाई जमिनले पूर्णरूपमा शोषण गर्नका लागि जमिनको पूर्व दिशा होचो हुनु आवश्यक छ। पश्चिम दिशामा होचो जमिनलाई वास्तुशास्त्रअनुसार जलविधि भनिन्छ। यस्तो प्रकारको जमिन दरिद्रकारी हुन्छ। डा. हटम्यानले भनेजस्तै पश्चिममा होचो जमिन भएको ठाउँमा गृह निर्माण गर्दा सम्पूर्ण तरंगीय ऊर्जाहरू सजिलै बगेर पश्चिमबाट जान सक्ने भयो। यसकारण पनि वास्तुशास्त्रले प्लट खरिद गर्दा वा गृह निर्माणस्थल चयन गर्दा पूर्वमा होचो र पश्चिममा अग्लो जमिनलाई राम्रो मान्दछ। गृह निर्माण भइसकेपछि पनि पूर्व दिशामा होचो र पश्चिम दिशामा पूर्वको भन्दा अग्लो पर्खाल लगाउनुपर्छ।
डा. हटम्यानका अनुसार अर्का किसिमका विद्युतीय तरंगका शक्तिहरूको आरम्भ विन्दु उत्तर–दक्षिण हो। उत्तर दिशाबाट सकारात्मक विद्युतीय ऊर्जाहरू बहेर दक्षिणतिर जान्छन्। वास्तुशास्त्रले उत्तरमा होचो भूमिलाई गजविथी भन्छ यो भूमि सम्पत्तिदायक हुन्छ। उत्तर दिशामा धनराज कुबेरको वास हुन्छ। दक्षिण दिशामा होचो जमिनलाई यमवियी भूमि भनिन्छ। यो भूमि जीवननाशी मानिन्छ। धर्मशास्त्रअनुसार दक्षिण दिशामा यमराजको वास हुन्छ। यसकारले पनि वास्तुशास्त्र जमिन खरिद गर्दा उत्तरमा होचो र दक्षिणमा अग्लो हुनुपर्छ भनिन्छ। डा. हटम्यानका अनुसार पनि उत्तर दिशा अग्लो भएको खण्डमा भूमिले ती ब्रह्मणीय तरंगलाई पूर्णरूपमा सोस्न पाउँदैन। दक्षिण दिशा होचो भयो भने ती शक्तिहरू सजिलै बहेर जाने भयो। यसले गृहमा ती सकारात्मक ऊर्जाहरूको अभाव हुने भयो।
सन् १९५२ मा वैज्ञानिक शुभानले मानवीय मष्तिस्कका झैं तरंगहरू पृथ्वी र वातावरणीय सतहमा पत्ता लगाए। ती तरंगहरूले मानव जीवनलाई पूर्णरूपले प्रभाव पारिरहेको अमेरिकी वैज्ञानिक केन्द्र नासाले पनि प्रमाणित गरेको छ। ती तरंगहरू मानवीय मस्तिष्कका तरंगहरू औराजस्तै हुन्छन्। त्यसमा स्थान, वातावरण, प्रदूषण उचाइका आधारमा विभिन्न प्रकारका रंगहरू हुन्छन्। विशेष रंगहरूको मानवीय जीवनमा भिन्नभिन्न असर गर्छन्।
यी सम्पूर्ण वैज्ञानिक आधारबाट के स्पष्ट हुन्छ भने पृथ्वीका विभिन्न चुम्बकीय तरंगहरू, गुरुत्वाकर्षण, विभिन्न दिशाका कारणले पनि मानवीय आवास क्षेत्रको छनोट गर्ने कुरामा शास्त्रको आवश्यकता पर्दछ। वैदिक वास्तुशास्त्रअनुसार हरेक कोणमा एकएक प्रधानता हुन्छ। आग्नेय कोणमा अग्नितत्व प्रबल रहन्छ। त्यस्तै नैऋत्य कोणमा पृथ्वी तत्व प्रबल रहन्छ। वायव्य कोणमा वायुतत्वको प्रचुरता पाइन्छ। इशानकोणमा भने जलतत्वको अधिकता रहन्छ। भूमिको मध्यमा आकाश तत्व हुन्छ, जसलाई ब्रह्म स्थान पनि भनिन्छ। यी चारै कोणमा वास्तुशास्त्रले जुन तत्वको स्वामित्वता वर्णन गर्यो, आजको विज्ञानले त्यो कुरालाई वैज्ञानिक परीक्षणबाट प्रमाणित गरिरहेको अवस्था छ।
गृह निर्माणमा अग्नि तत्व प्रधान कार्य जस्तै भान्छा, मोटर, बिजुली, ग्याँस इत्यादि आग्नेय कोणमा भयो भने शुभ रहन्छ। तर यी अग्नि तत्व प्रधान कुरा इशान कोणमा बनाइयो भने अग्नि र जल यी दुई विजातीय तत्वको बीचमा संघर्ष रहन्छ, जसले प्राकृतिक रूपमा डर, भय, द्वन्द्व अकालको अवस्था उत्पन्न गराउँछ। आग्नेय कोणमा पानी नाला, इनार कुवा इत्यादि जलतत्वसम्बन्धी निर्माण भयो भने स्थान भय हुन्छ। आग्नेय कोणमा किन अग्नि प्रचुर हुन्छ भन्दा सूर्य सर्वाधिक बलवान् हुँदा आग्नेय कोणमा पुग्छ र इशानमा सूर्यको तेज वा किरण कहिल्यै पुग्दैन, त्यसैले इशान कोणमा जलतत्व प्रधान भयो। [email protected]
—पाठक वास्तुविद हुन्।