प्रधानमन्त्री केपी ओलीको सञ्चारविज्ञमा पत्रकार रामशरण बजगाईं नियुक्त भएका छन् । डेढ दशकदेखि पत्रकारितामा सक्रिय बजगाईंलाई प्रधानमन्त्री ओलीले शुक्रबार सल्लाहकार समूहअन्तर्गत रहने गरी सञ्चारविज्ञमा नियुक्त गरेका हुन् ।
चक्रपथ डटकम अनालाइनका सम्पादक बजगाईं नयाँ पत्रिका दैनिकका पूर्ववरिष्ठ संवाददाता पनि हुन् । काभ्रेको चेस्टा साप्ताहिकबाट पत्रकारिता सुरु गरेका बजगाईं साहित्य लेखनमा पनि सक्रिय छन् । त्यस्तै, प्रधानमन्त्री ओलीले स्वकीय सचिवमा राजेश बज्रचार्यलाई नियुक्त गरेका छन् ।
बज्राचार्य लामो समयदेखि ओलीको स्वकीय सचिवालयमा सक्रिय रहँदै आएका थिए । प्रधानमन्त्री ओलीको प्रमुख सल्लाहकारमा यसअघि नै एमाले पोलिटब्युरो सदस्य विष्णु रिमाल नियुक्त भइसकेका छन् ।