फेसबुकको करामत : एउटासँग सम्बन्धविच्छेद अर्काेसँग लगन गाँठो



एजेन्सी । पछिल्लो समय सामाजिक सञ्जाल सम्बन्ध जोड्ने र तोड्ने माध्यम बनेको छ । वर्षाैंदेखि परिवार, आफन्तको सम्पर्कमा आउन नसकेकाहरु सम्पर्क आउने माध्यम फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल उपयोगी बनेको छ भने भइरहेको राम्रो सम्बन्ध तोड्ने कारक पनि बन्न पुगेको छ ।

यस्तै एक घटना भएको छ । पोल्याण्डकी एक महिलाले आफ्नो पतिलाई डिभोर्स दिएर फेसबुकबाट प्रेम गरेकी भारतीय नागरिकसँग विवाह गरेकी छन् ।

१८ वर्षका छोरीकी आमा पोल्यान्डकी इभोनाले फेसबुकबाट प्रेम गरेकी भारतको पञ्जाब राज्यस्थित जालन्धरका एक युवकसँग विवाह गरेकी हुन् । पतिलाई डिभोर्स दिएर छोरालाई समेत छाडेर भारत आएकी उनले ३८ वर्षीय श्यामसँग विवाह गरेकी हुन् ।

श्यामका एक १० वर्षीया छोरी छिन् । केही वर्षअघि श्रीमतीको निधन भएपछि छोरीसँग बस्दै आएका श्यामले फेसबुकबाट लभ परेपछि पोल्याण्डकी इभानोसँग विवाह गरेका हुन् ।

फेसबुकबाट सुरु भएको मित्रता इभानोको विवाह गर्ने प्रस्तावले उनीहरु अन्ततः श्रीमान–श्रीमतीको सम्बन्ध कायम गर्न पुगेका हुन् । फेसबुकबाट कुरा गर्दागर्दै प्रेम सम्बन्धमा परेपछि इभानोको विवाह गर्ने प्रस्तावले सुरुमा हच्केका श्याम पछि विवाह गर्न राजी भएका हुन् ।

श्यामले प्रस्ताव स्वीकार गरेपछि इभोना पोल्यान्डबाट भारत आइन् । त्यसपछि गएको फेब्रुअरी २३ मा गाउँकै गुरुद्वारामा उनीहरुले विवाह गरेका हुन् ।

श्यामसँग विवाह गरेपछि अहिले पञ्जाबी बोल्न सिकिरहेकी इभोनाले आफू १२ मार्चमा पोल्यान्ड जाने र त्यसपछि श्याम र उनकी छोरीलाई पनि पोल्याण्ड बोलाउने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्