शरीर स्वस्थ्य राख्नको लागी ध्यान दिनुपर्ने कुराहरु यस्ता छन् ! जानी राखौं



मानिसलाई स्वास्थ्य रहनको लागी धेरै कुरामा ध्यान दिनुपर्छ । खानपान , शारीरिक व्यायाम जस्ता कुरामा ध्यान दिन सकिएन भने हामीलाई विभिन्न रोगहरुले सताउन सक्छ ।

स्वास्थ्य रहनको लागी मानिस शारीरिक र मानषिक रुपमा स्वास्थ्य रहनु पर्छ । शरीर स्वास्थ्य भएर पनि मानिसको दिमागमा समस्या छ भने उसलाई स्वास्थ्य मान्न सकिदैन । त्यसका साथै मन पनि स्वास्थ्य हुनुपर्छ । हाम्रो सानो सानो गल्तीले पनि हाम्रो स्वास्थ्यमा ठुलो समस्या ल्याउने गर्छ । त्यसैले हामीले हाम्रो हरेक गल्तीलाई लापार्वाही तरिकाले लिन हुदैन ।

स्वास्थ्य रहनको लागी ध्यान दिनुपर्ने कुराहरु यस्ता छन् :

१) धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने :
धुमपान र सुर्तीजन्य पदार्थको सेवनले मानिसहरुमा क्यान्सर,दम लगायतका गम्भीर र दिर्घकालिन रोगहरु लाग्न सक्छ । त्यसलै स्वास्थ्य रहनको लागि धुमपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहनु पर्छ ।

२) स्वास्थ्यकर खानपान :
खान नजानेकै कारण पनि विभिन्न किसिमका रोगहरु लाग्ने गरेको छ । स्वास्थ्य रहनको लागि हामीले हरेक दिन खाने खाना पनि स्वास्थ्य हुनुपर्छ । आफ्नौ शरीरलाई चाहिने पौष्टिक आहार नियमित रुपमा खानाले धेरै रोग लाग्नबाट बचाउँछ । खानामा नियमित रुपमा हरियो सागसब्जी सहितको खानाले स्वास्थ्यलाई निकै फाइदा गर्छ ।

३) पर्याप्त पानी पिउने :
स्वास्थ्य रहनको लागि शरीरमा पानीको मात्रा मिलाउनु जरुरी छ । स्वास्थ्य रहने चाहनामा शरीरले फिल्टर गर्न सक्ने भन्दा बढी पानी पिउँदा भने शरीरलाई असर पु¥याउन सक्छ । डा. रेग्मीका अनुसार शरीरले एक घण्टामा एक लिटर पानी मात्रै फिल्टर गर्न सक्छ । धेरै पानी एकैपटक पिउदा र कम पानी पिउँदा पनि शरीरलाई नकारात्मक असर पर्छ ।

४) नियमित व्यायाम तथा योगा :
शरीर दिमाग र मनलाई स्वास्थ्य राख्नको लागि नियमित व्यायाम तथा योगा गर्नु उपयुक्त हुन्छ । नियमित शारीरक व्यायाम र योगा गर्ने बानीले शरीरलाई स्वास्थ बनाउनुका साथै मन र दिमागलाई पनि तनावबाट मुक्त गराउँछ । योगाले मुटु रोग र तनावलाई घटाउँछ ।

५) मोटोपना,रक्तचाप तथा सुगर नियन्त्रण :
रक्तचाप, सुगर र मोटोपनाले शरीर र दिमाग दुबैलाई असर गर्छ । मोटोपनाले रक्तचाप र सुगरलाई पनि बढाउँछ । स्वास्थ्यकर खानपान र नियमित व्यायाम तथा योगाले मोटोपना खटाउँन सहयोग गर्छ ।

६) इमोसन कन्ट्रोल गर्ने :
शारीरिक रुपमा स्वास्थ्य रहेपनि मानसिक रुपमा तनाव र चिन्ता लिने मानिसलाई स्वास्थ्य व्यक्ति भन्न सकिदैन । धेरै दुःखी हुने र चिन्नता लिइरहने बानीले मानिसलाई मानसिक रुपमा कमजोर बनाउँछ । जसले उसको जीवनयापना समस्या ल्याउँछ । त्यसैले स्वास्थ्य रहनको लागि इमोसन कन्ट्रोल गनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्