तौल बढेर चिन्तित हुनुहुन्छ ? सात दिनमा पाँच किलो तौल घटाउने अचुक उपाय…(भिडियो सहित)



शरीरको उचाइको अनुपातमा हुनुपर्ने औसत तौलके तपाईको तौल घटाउनु छ? उपायहरु भन्दा शारीरिक तौल बढी हुनुलाई मोटोपन भनिन्छ । मोटोपनबाट रोगहरु उत्पन्न हुन्छन् । मोटोपन घटाउन सकेको खण्डमा उच्च रक्तचाप, मधुमेह, उच्च रक्तकोलेस्टेरोल, हृदयघातजस्ता रोगहरुलाई कम गर्न सकिन्छ ।

मोटा व्यक्तिहरुले जीवनशैली परिवर्तन गर्दा शारीरिक तौल घटाउने लक्ष्य राख्नुपर्छ । १० भोकै बसेर चाँडो तौल घटाउने प्रयास गर्नु हुँदैन । आज हामीले तपाइहरुलाई केवल सात दिनमा पाँच किलो तौल कसरि घटाउन सकिन्छ भनेर डाइट प्लान लिएर आएका छौं।

पहिलो दिन :
पहिलो दिनमा हल्का आहार लिनुपर्छ । जसमा केवल फलफुल मात्र खानुपर्छ, तर केरा नखानुहोस र प्रसस्त पानी पीउनुहोस ।

दोस्रो दिन :
दोस्रो दिनमा तपाइले केवल हरियो सब्जी खानुहोस । सब्जिलाई तपाइले काचै वा उमालेर खान सक्नुहुन्छ ।

तेस्रो दिन :
तेस्रो दिनमा फलफुल र सब्जी खानुहोस । दिनको शुरुवात फलफुल खाएर गर्नुहोस । बिहानको खानको समयमा सब्जी तथा सलाद खानुहोस र रातको खानाको समयमा आलु र केरा बाहेक फलफुल वा सब्जी खानुहोस ।

चौथो दिन :
चौथो दिनमा तपाइले केरा र दुध मात्र खानुहोस ।

पाँचौ दिन :
पाँचौ दिनमा उसिनेको चामल खानुहोस र कम्तिमा पनि ७ वटा काचो गोलभेडा खानुहोस र यो दिनमा १२ देखि १५ गिलास पानी पिउनुहोस ।

छैटौं दिन :
छैटौं दिनमा सब्जी खानुहोस र बिहानको खानामा भात पनि खान सक्नुहुन्छ र रातीको खानको रुपमा सब्जी मात्र खानुहोस । याद राख्नुहोस पानी पनि ८ देखि १० गिलास पिउनुहोस ।

सातौँ दिन :
यो तपाइंको डाइट प्लानको अन्तिम दिन हो । यो दिनमा तपाइले एक कप उसिनेको चामलको भात खानुहोस र मन परेको सब्जी खानुहोस साथ् साथै दिनभर फलफुलको जुस(रस) पिईराख्नुहोस् ।

यदि यो डाइट प्लान अनुसार तपाइले आफुलाई ढाल्नुहुन्छ भने एक हप्तामा ५ किलो तौल घट्नेछ ।

प्रतिक्रिया दिनुहोस्