पढ्ने उमेरमा लभ परेपछि, भगाएर ल्याएकै भोलिपल्ट भयो यस्तो



चितवनको कालिका नगरपालिका भटेनीस्थित पृथ्वी माध्यमिक विद्यालयमा नौ कक्षामा पढ्दै गरेकी पदमपुर निवासी १६ वर्षीया सुष्मा चेपाङले तीन साताअघि विवाह गरिन्।उनले चितवनको काउले गाविस-४ राक्सिराङका १७ वर्षीय सुसन चेपाङसँग भागेर बिहे गरेकी हुन्। आफ्नी भाउजू सुनिताका सहोदर भाइ सुसनसँग मायाप्रीति बसेपछि सुष्माले पढाइ छाडेर भाउजूको माइतीमा बुहारी बन्ने निधो गरिन्।

आफूले मन पराएको सुसनसँग घरजम गर्न पाउँदा खुसी देखिएकी सुष्मालाई पढाइ छाड्नु परेकोमा कुनै पछुतो छैन। ‘हाम्रो लभ परेको तीन महिना भएको थियो’,

घाँटीमा झुन्डिएको सुनको तिलहरी खेलाउँदै सुष्माले भनिन्, ‘माघ २० गते घरबाट भागेर उहाँसित यो गाउँमा आएँ।’ सुष्मा पहिलोपटक यो गाउँमा दुई वर्षअघि भाउजूसँग आएकी थिइन्। त्यतिबेला सुष्मा र सुसनको देखादेख मात्र भएको थियो।गत वर्ष पुनः भाउजूसँगै सुष्मा घर आएपछि आफूहरूको बोलचाल भएको सुसन बताउँछन्।

‘दिदीसँग सुष्मा घर आएका बेला उनलाई देखेपछि मन पराउन थालेँ,’ लजाउँदै भुइँतिर हेरेर सुसनले भने, ‘त्यसपछि म पनि दिदीलाई भेट्न पदमपुर जान थालेँ। फोनमा पहिले दिदीसँग र पछि सुष्मासँग कुरा गर्न थालेपछि सुष्माले पनि आफूलाई मन पराउन थालेको सुसन बताउँछन्।

तीन कक्षा पढेपछि पढाइ छाडेर मजदुरी गर्न हिँडेका सुसन घरमा बाबुसँग सल्लाह गरेरै सुष्मालाई भगाएर ल्याएको बताउँछन्। सुसनले बिहेपछि ससुराली नगएको जानकारी गराउँदै भने, ‘फागुन २० गते पोङ (कोसेली) लिएर ससुराली जान्छु। गाउँमा त बिहे गरेको भोलिपल्ट कुखुराको भाले काटेर गाउँलेलाई भोज खुवाइसक्यौँ।’

यो पनि पढ्नुहोस निदाएको बेलामा मृत्यु हुने खतरनाक रोग के हो ? यस्ता छन् प्रमुख कारण सुसनका बाबु अमरबहादुर चेपाङ आफ्ना पाँच छोरी र तीन छोरामध्ये अब कान्छो छोराको मात्र बिहे गर्न बाँकी रहेको बताउँछन्। ‘उसको उमेरमा त म छोरीको बाउ भइसकेको थिएँ,’

सुसनलाई देखाउँदै अमरबहादुरले भने, ‘ श्रीमती बितेर गई। घरमा आइमाई मान्छे कोही भएनन्। बिहे गर भनेपछि छोराले सोल्टिनी मन परेको छ भन्यो।मन परेको भए लिएर आइज भनी तिलहरी बनाइदिएँ।’माइतीघरमा एउटा दाजु, एउटा भाइ र आमाबाबुलाई छाडेर सुसनसँग घरबार जोडेकी सुष्मा चाँडै बिहे गरे पनि आमा भने छिट्टै नबन्ने बताउँछिन्। ‘बच्चा पाउने भएकी छैन,’

उनले भनिन्, ‘अलि वर्ष बच्चा नपाउने।’ चौध वर्षमा बिहे, सोह्र वर्षमा आमा काउले गाविस-३ तार्सेलिङ गाउँकी २४ वर्षीया सुनकुमारी चेपाङ गर्भवती छिन्। तीन सन्तानकी आमा उनको १४ वर्षको उमेरमा २० वर्षीय सन्तराम चेपाङसँग विवाह भएको थियो। बिहे भएको दुई वर्षमै सुनकुमारीले छोरा जन्माइन्। उनको जेठो छोरा अहिले आठ वर्षका भए। यो पनि पढ्नुहोस श्रीमान्–श्रीमतीले खिचेको यौन भिडियो अर्कैले हात पारेपछि… दोस्रो सन्तान खेर गएपछि केही वर्ष उनले बच्चा पाइनन्।

हातले तीन वर्षकी छोरी डोर्‍याउँदै काखमा एक वर्षकी अर्की छोरी बोकेकी सुनकुमारीले गर्भ रहेको कति भयो भन्ने नै थाहा नभएको बताइन्। ‘सुत्केरी भएपछि महिनावारी नै हुन पाएन’ उनले भनिन्, ‘सबै बच्चा स्वास्थ्यचौकीमा जन्माएकी हुँ। कोखकोे यो बच्चालाई पनि स्थास्थ्यचौकीमै जन्माउने हो।’ १२ वर्षको उमेरमा २५ वर्षीय मनिराम चेपाङसँग विवाह गरेकी यही गाउँकी निरमाया चेपाङ अहिले २२ वर्षकी भइन्। एक छोरा र तीन छोरीकी आमा निरमाया आफूलाई बाबुआमाले सानै उमेरमा बिहे गरिदिएको बताउँछिन्। ‘सानो उमेरमा बिहे गर्दा दुःख पाइँदोरहेछ’,

उनले भनिन्, ‘तीन कक्षासम्म पढेर छाडेँ। पढ्ने बेलामा घरको कामसँगै बच्चा स्याहार्न गाह्रो भयो।’ तार्सेलिङ गाउँकै २५ वर्षीया सुनमाया चेपाङ पनि आफ्नो बिहे १२ वर्षकै उमेरमा भएको बताउँछिन्।पाँच सन्तानकी आमा सुनमायाका चार छोरी र एक छोरा छन्।

काउले ३, बतासेडाँडाकी २४ वर्षीया डल्लीमाया चेपाङको विवाह हुँदा उनी १६ वर्षकी थिइन्। यो पनि पढ्नुहोस मासिक २ लाख १३ हजार तलब सहित स्विडेनबाट आयो नेपाली कामदारको माग १७ वर्षको उमेरमा पहिलो र १९ वर्षको उमेरमा दोस्रो सन्तान जन्माएकी डल्लीमायाको काखमा अहिले ११ महिनाको छोरा छ। तीन छोराकी आमा डल्लीमाया भन्छिन्, ‘दुईटा छोरा भएपछि श्रीमान्लाई परिवारनियोजन गर्न भनी भरतपुर पठाएँ। श्रीमान्ले भ्यासेक्टोमी गरेर आएपछि पनि बच्चा भयो।अहिले त अस्थायी साधन प्रयोग गरेका छौँ।’काउले ३,

हात्तीवाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश रसाइली उमेर नपुग्दै बिहेबारी गर्ने समस्या चेपाङ गाउँमा जल्दोबल्दो रूपमा रहेको बताउँछन्। ‘धेरैजसो छात्राले पढाइ छाडेर १४ वर्षमा बिहे गर्छन्’, उनले भने, ‘१८ वर्षमा चार सन्तानका आमा भएका पनि छन्।’ जतिसुकै प्रयास गरे पनि सानो उमेरमा हुने विवाह रोक्न नसकिएको उनी बताउँछन्।

कोराक गाविसका तीन, चार र पाँच नम्बर वडामा उत्थानशील चेपाङ समुदाय निर्माणका लागि एकीकृत कार्यक्रम सञ्चालन गरिरहेको नेपाल ग्रामीण आत्मनिर्भर अभियान (रुसेक) नामक संस्थाका अध्यक्ष रविकिरण पौडेल शिक्षा र चेतना अभावमा चेपाङ समुदायमा उमेर नपुग्दै बिहेबारी हुने गरेको बताउँछन्।

उनीहरूको चेतनास्तर विकासका लागि रुसेकले महिला, पुरुष र बाल समूह गठन गरी तालिम र छलफल कार्यक्रम गर्दै आएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्