सिलिन्डरको माथिल्लो भागमा लेखेको कोडको अर्थ के हुन्छ? आफुले बुझौ र अरुलाइ नि बुझाउ, अरूलाइ पनि जानकारी शेयर गरौ



काठमाडौं, २८ फागुन २०७४
हामी धेरैलाई यो कुरा थाहा हुन्न कि हामीले प्रयोग गर्ने LPG सिलिन्डरको माथिल्लो भागमा A-D सम्मको कोड र अङ्क जस्तो A16, B14 लेखेको हन्छ।
यो सिलीन्डरको Expiry Date हो,
यसबारे थप जानौं।

A=ले January to March लाई जनाउँछ
B=ले April to June लाई जनाउँछ
C=ले July to September लाई जनाउँछ
D=ले October to December लाई जनाउँछ
अंक 18, 17 ,16, 15 इत्यादिले सिलिन्डरको Expiry Date जनाउँदछ । जस्तो,
17=2017 AD
18=2018 AD
यदि तपाइको सिलिन्डरको माथिल्लो भागमा A17 छ भने त्यसको Expiry Date सन 2017 March सम्म, B18 छ भने सन 2018 June सम्म प्रयोग गर्नु भन्ने जानकारी हो।
अाफूले प्रयोग गरेकाे सिलिन्डरको म्याद हामी सबैले जान्न आवस्यक छ।म्याद नाघेका सिलिन्डर प्रयोग बन्द गर्न सक्दो सेयर गरौ।

प्रतिक्रिया दिनुहोस्