काठमाडौं, २८ फागुन २०७४
चलचित्र ‘भैरे’को नेपाली सस्कृति झल्काउने खालको लोकभाकामा आधारित अत्यन्त मन छुने गित ‘सान्नानीलाई भेट्न आउँदा’ सार्वजनिक भएको छ ।
नेपाली लोक भाका एवं ग्रामीण नेपाली परिवेशलाई समेटेर तयार पारिएको अत्यन्त रोमान्टिक लोक दोहोरी गीतमा निर्देशक एभरेष्ट सूर्य बोहराले यसपालि दर्शकहरूलाई मनोरन्जन गराउन चलचित्र ‘भैरे’मा तीनवटा अत्यन्तै फरक शैलीका गीतहरू समावेश गरेका छन् ।
नायक बिक्रान्त बस्नेत, बुद्धि तामाङ (हैट) र नायिका वर्षा शिवाकोटीको अभिनय रहेको उक्त चलचित्र आगामी जेठ १८ प्रदर्शनको मिति तय गरिएको छ । चलचित्र ‘भैरे’को उक्त गीत शुक्रबार राजधानीमा आयोजित एक विशेष समारोहकाबीच सार्वजनिक गरिएको हो।
शब्द र संगीत वसन्त सापकोटा, स्वर यम बराल, वसन्त सापकोटा र मेलीना राई अनि संगीत संयोजन रिकेस गुरुङको रहेको उक्त गीतमा कविराज गहतराजले उत्कृष्ट कोरियोग्राफी गरेका छन् । गीतमा सम्पादन भने बबी शाहले गरेका छन्।