कैलालीमा राधा चौधरीको न्यायको माग गर्दै विद्यार्थी संगठनहरुद्धारा प्रदर्शन



कैलाली, २८ फागुन २०७४

कैलालीको घोडाघोडी नगरपालिका-५ मा बोक्सीको आरोपमा कुटपिट गरिएकी राधा चौधरीको न्यायको माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले घटनाको विरोध सभा गरेको छ ।

कैलालीको सुख्खडमा सम्पन्न सो विरोध सभामा अनेरास्ववियु लगायतका विद्यार्थी संगठनहरु सहभागी भएका थिए ।

उक्त बिरोध सभामा बोक्सी प्रथा उन्मुलन अभियानको प्लेकार्ड बोकेर र्याली समेत गरिएको थियो । सभामा पिडित राधालाई काठमाण्डौंमा उपचार गर्नुपर्ने, उनको उच्च शिक्षाका लागि निशुल्क र उचित व्यवस्थापन गरिनुपर्ने जस्ता माग राख्दै विद्यार्थीहरुले नाराबाजी गरेका थिए ।

पिडित चौधरीको परिवारलाई उचित क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने उनको सम्पुर्ण रुपमा भविष्यको ज्ञारेन्टि गरिनुपर्ने तथा सरकारबाट क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने मागहरु आफुहरुले राखेको अनेरास्ववियु केन्द्रिय कमिटि सचिव सुदेश पराजुलीले जानकारी दिए ।

रामबहादुर चौधरी उर्फ भोलेबाबा लगायत दोषी सम्पुर्ण अपराधीहरुलाई आजीवन कारकागारको सजाय तोक्न परि विद्यार्थीहरुले माग गरेका छन् ।

गत विहीबार नारी दिवसका दिन झाँक्री रामबहादुर चौधरी र किस्मती चौधरीले स्थानीय छात्रा राधा चौधरीलाई बोक्सीको आरोपमा सयौं गाउँलेका अगाडि छ घण्टासम्म निर्घात कुटपिट गरेका थिए ।

घटनाको दोषीहरुमध्ये रामबहादुर चौधरी र किस्मती चौधरी भने पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्