काठमाडौं, २८फागुन २०७४
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा झण्डै ७६ प्रतिशतको समर्थक सहित विश्वासको मत पुष्टि गरेसंगै सरकार विस्तारका लागि गृहकार्य तीव्र पारिएको छ । सरकारमा सहभागी गरिने दल,ती दललाई दिइन् मन्त्रालय तथा छान्ने मन्त्रीहरु समेतको योजना बनायन तीव्रता दिइएको छ । सभामुखको निर्वाचन, राष्ट्रपतिको निर्वाचन, उपसभामुखको निर्वाचन लगायतका कार्यक्रमहरुमा केन्द्रित भएका कारण दलहरुले समय मिलाउन नसकेको बताए पनि चैतको पहिलो हप्ता सरकारले पूर्णता पाउने नेकपा एमालेका नेता प्रदीप ज्ञवाली बताउनुहुन्छ ।
बन्लान त लोकप्रियहरु मन्त्री ?
नेकपा एमाले र नेकपा माओवादीबाट जनताले लोकप्रिय नेताहरुलाई मन्त्रीको रुपमा देख्न चाहेको कुरा सामाजिक सञ्जालहरुमा छरपष्ट देखिएकै छ । हालसम्म छानिएका मन्त्रीहरुको विषयमा जनतामा असन्तुष्टि नदेखिएपनि आम रुपमा केही व्यक्तिहरुलाई मनत्रीको रुपमा देख्न चाहेको व्यापकता सामाजिक सञ्जालमा झल्किएको छ ।
गोकर्ण, योगेश, रविन्द्र
एमालेका युवा नेताहरुमा निकै सकारात्मक छवी बनाएका सचिव तथा पूर्व उर्जामन्त्री गोकर्ण विष्ट, पार्टी प्रवक्ता योगेश भट्टराई र कास्कीबाट लगातार तीनपटक सांसद भई विकास समितिको सभापति भईसकेका रविन्द्र अधिकारीलाई आम रुपमा मन्त्रीको रुपमा देख्ने चाहना व्यापक भएको पाइन्छ ।
चर्चामा नवराज सिलवाल
ललितपुर १ बाट निर्वाचित भएका नेपाल प्रहरीका पूर्व डीआइजी नवराज सिलवाललाई राज्यमन्त्रीकै जिम्मेवारीमा भएपनि विषय विशेषज्ञता र देउवा सरकारसंग इतिहासमै लामो लडाई लडेर जनतामाझ उभिएर जितेका पात्रको रुपमा आम नागरिकले मन्त्रीको रुपमा देख्न चाहेको कुरा सामाजिक सञ्जाल, विभिन्न माध्यमहरुबाट देखिएको छ ।
माओवादीबाट अनन्त, जनार्दन
नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन अनन्त,शक्ति बस्नेत र जनार्दन शर्मालाई मन्त्रीको रुपमा देख्न पाउने आशा व्यक्त गरेको पाइन्छ ।
बाम महिलाको चर्चा
बाम गठबन्धनको सरकारमा महिला मन्त्रीहरुको सम्भावनाको रुपमा नेकपा एमालेबाट शान्ता चौधरीको सम्भावनालाई मन्त्रीको रुपमा थारु समुदायको सहभागिताको अपेक्षा गरिएको पाइन्छ भने नेकपा माओवादी केन्द्रबाट विना मगर पक्का मन्त्री बन्ने देखिएको छ भने शशी श्रेष्ठको पनि सम्भावना छ ।