दुर्घटना भएको सुन्ने बित्तिकै प्रधानमन्त्री ओली पुगे विमानस्थल



काठमाडौं, २८ फागुन २०७४

विमान दुर्घटनाको अबस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थलमा पुगेका छन् ।

चालक दलका ४ सदस्यसहित ७१ जना सवार युएस बंगलाको एयर क्राफ्ट सोमबार दिउँसो अवतरणका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो ।

विमान दुर्घटनावारे जानकारी दिन गृहमन्त्री रामबहादुर थापा बादल पनि विमानस्थप पुगेका छन् ।उनीसँगै उद्योगमन्त्री मातृका यादव पनि विमानस्थल पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्