कुवेतमा एउटा सुगाले मालिक र नौकरानीको अवैध सम्बन्धको पोल खोलिदिएको छ । दुबईको अरब टाइम्स पत्रिकाका अनुसार चलाख र चतुर मानिने सुगाले मालिक र नौकरानीबीच चलिरहेको अफेयरको पर्दाफास मालिककी पत्नीको अगाडि गरिदिएको हो ।
यसरी भयो अवैध सम्बन्धको पर्दाफास
अब्दुल नामका पुरुष घर हेरचाह गर्थे । उनीसँगै घरमा एक महिला कामदार पनि थिइन् । उनकी श्रीमती हसिना एक सरकारी अफिसमा काम गर्छिन् । पत्नी अफिस गएपछि घरमा अब्दुल र नौकरानी मात्रै हुन्थे । हसिना अफिस गएको मौकामा दुबैबीच अवैध सम्बन्ध कायम हुने गर्थ्यो । त्यो घरमा एउटा सुगा पनि थियो । जो मालिक र नौकरानीबीच हुने रोमान्टिक कुराकानी कान थापेर सुन्थ्यो । यता आफ्ना पति र नौकरानीबीच अवैध सम्बन्ध रहेको शंका हसिनालाई पहिला देखिनै थियो तर यसको भण्डाफोर एकदिन सुगाले गरिदियो । उसले मालिक नौकरानीबीच भएको रोमान्टिक कुराकानी मालिक्नीलाई जस्ताको तस्तै सुनाइदियो ।
मालिक र नौकरानीबीच धेरै समयदेखि अवैध सम्बन्ध चल्दै आएको कुरा सुगालाई थाहा थियो । अघिल्लो साताको एकदिन त्यसैगरी मालिक र नौकरानीबीच अवैध सम्बन्धका सिलसिलामा भएको रोमान्टिक कुराकानी सुगाले सुन्यो र अफिसबाट घर फर्किएकी मालिक्नीलाई एक एक कुरा सुनायो ।
प्रहरीमा उजुरी, तर जेल जानबाट बचे मालिक
यो सबै सुनेर मालिक्नी हसिना रिसले चुर भइन् र आफ्ना पति अब्दुलविरुद्ध कुवेतको हवाल्ली पुलिस थानामा उजुरी दर्ता गराइन् । उनले आफ्ना पतिविरुद्ध धोका दिएको आरोप लगाइन् । हसिनाले प्रहरीलाई बताइन कि उनलाई पहिला नै आफ्ना पतिमाथि शंका थियो । तर सुगाले शंकालाई यथार्थमा परिणत गरिदियो । एक जब म अफिसबाट चाँडै घर आएको थिए तब मेरा पनि निकै नर्वस भएका थिए ।
तर, प्रहरीले सुगाको बयानलाई सबुत मान्न अस्वीकार गर्यो र आरोपी अब्दुल जेल जानबाट बच्न सफल भए । यद्यपी उनी श्रीमतीको नजरमा भने धोकेवाज ठहरिए । कुवेतमा परस्त्रीसँग अवैध सम्बन्ध राख्नेमाथि कडा सजाय दिने गरिन्छ ।